काठमाडौँ,१५ साउन ।
शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’को अस्ट्रेलियामा प्रिमियर गरिएको छ । फिल्मको नेपाल रिलिजअघि विदेशबाट प्रदर्शनको सुरुवात निर्देशक शोभित बस्नेतले गरेका छन् । फिल्मलाई अस्ट्रेलिया शोबाट सुखद प्रतिक्रिया मिलेको छ ।
फिल्म रिलिजका लागि शोभित केही समयअघि अस्ट्रेलिया उडेका थिए । फिल्मको सिड्नी रिलिजको चाँजोपाँजो मेगा इभेन्ट र रुक्सल प्रजापतिले मिलाएका हुन् । फिल्मको अझै तीन सहरमा समेत शो गरिनेछ । नेपालमा भने फिल्म चाँडै रिलिज हुनेछ ।
सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्म एवी पिक्चर्स फार्म र सलोन सलिना ब्यानरमा निर्माण भएको हो । फिल्मका प्रस्तुतकर्ता विजयगोपाल दली र निर्माता मिथुन भोटे रहेका छन् ।
फिल्ममा अभिनेत्री पूजा शर्मा र अभिनेता सलोन बस्नेत विशेष भूमिकामा छन् । पिःल्ममा जयकिसन बस्नेत, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत, धिरेन शाक्य र वर्षा चौलागाईको अभिनय रहेको छ । यही फिल्मबाट एलिना गुरुङले नेपाली फिल्ममा डेव्यु गरेकी छिन् ।
फिल्ममा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिव विकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व निर्देशन रहको छ । ‘बद्री बहादुर’मा विनोद सापकोटाको छायांकन तथा समिर मिया सम्पादन, मुख्य सहायक निर्देशक रामजी राउत रहेको कमेडी जनराको फिल्म ‘बद्री बहादुर’को छायांकन काठमाडौं, लमजुङ, धरान र संखुवासभाको विभिन्न ठाउँमा गरिएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |