धादिङ १५, साउन ।
साफ यू–२० च्याम्पियनसिप अन्तरगत आज नेपालले भारत सँग खेल्दैछ । भारतको भुबनेश्वरमा भइरहेको साफ यू–२० च्याम्पियनसिपमा नेपालले आफ्नो तेस्रो खेलमा आज घरेलु टोली भारतसँग खेल्न लागेको हो ।फाइनल पुग्नका लागि नेपाल र भारत दुवैलाई यस खेल महत्वपूर्ण छ । भारतलाई हराएमा नेपाल लगभग फाइनल पुग्नेछ ।
भारतलाई पनि फाइनल पुग्ने सम्भावना कायम राख्न नेपालविरुद्ध खेल जित्नै पर्नेछ दबाब छ ।खेल कालिंगा स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुनेछ । यसअघि दुई खेल जितेर आत्मविश्वास बटुलेको नेपाल लगातार तेस्रो खेल जित्दै फाइनल पुग्ने लक्ष्यमा छ । नेपालले यसअघि माल्दिभ्सलाई ४–० र श्रीलंकालाई ३–० ले पराजित गरेको थियो । उता भारतले भने यसअघि मिश्रित नतिजा निकालेको छ ।
पहिलो खेलमा बंगलादेशसँग २–१ ले पराजित भएको भारतले दोस्रो खेलमा श्रीलंकालाई ४–० ले पराजित गरेको थियो । पाँच राष्ट्र सहभागी च्याम्पियनसिप सिंगल राउण्ड रोविन लिगका आधारमा भइरहेको छ । आजै माल्दिभ्स र श्रीलंकाबीच सवा ४ बजे खेल हुनेछ । लगातार दुई खेल हारेको माल्दिभ्स र लगातार तीन खेल हारेको श्रीलंका अंकविहीन छन् । तीन खेल जित्दै ९ अंक जोडेको बंगलादेश शीर्ष स्थानमा छ र फाइनल नजिक छ । दुई खेलबाट ६ अंक जोडेर नेपाल दोस्रो स्थानमा छ । भारत दुई खेलबाट ३ अंकसहित तेस्रो स्थानमा छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |