नेपालको वैदेशिक व्यापार घाटा गत आर्थिक वर्ष २०७८/७९ मा अहिलेसम्मकै सबैभन्दा बढी भएको छ ।
भन्सार विभागका अनुसार गतवर्ष नेपालको कुल व्यापार घाटा १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख ८८ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालको कुल वैदेशिक व्यापार घाटा १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाख ८७ हजार रुपैयाँ रहेको थियो ।
अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष नेपालको वैदेशिक व्यापार घाटा ३ खर्ब २१ अर्ब ७० करोड ४४ लाख १ हजार रुपैयाँले बढेको छ ।
अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष नेपालको वैदेशिक व्यापार घाटा २३ प्रतिशतले वृद्धि भएको छ ।
गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख ४९ हजार रुपैयाँको वस्तु आयात र २ खर्ब ३ करोड ९ लाख ६२ हजार रुपैयाँको वस्तु आयात गरेको भन्सार विभागले जनाएको छ ।
गतवर्ष नेपालको कुल वैदेशिक व्यापार २१ खर्ब २० अर्ब ४७ करोड ९३ लाख ११ हजार रुपैयाँ रहेको थियो ।
विभागका अनुसार नेपालको वैदेशिक व्यापार घाटा आर्थिक वर्ष २०७६/७७ मा १० खर्ब ९९ अर्ब ८ करोड ९९ लाख ४८ हजार रुपैयाँ, २०७५/७६ मा १३ खर्ब २१ अर्ब ४२ करोड ५८ लाख २२ हजार रुपैयाँ र २०७४/७५ मा ११ खर्ब ६३ अर्ब ७४ करोड ३४ लाख २७ हजार रुपैयाँ रहेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |