नेपालमा गत आर्थिक वर्ष २०७८/७९ मा तीन खर्बभन्दा बढीको पेट्रोल, डिजेल र एलपी ग्यास भारतबाट भित्रिएको छ ।
भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको पेट्रोल, डिजेल र एलपी ग्यास नेपाल भित्रिएको हो ।
उक्त अवधिमा कूल ३ खर्ब ५ अर्ब १७ करोड २५ लाख ३३ हजार रुपैयाँको पेट्रोल, डिजेल र एलपी ग्यास भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ ।
विभागका अनुसार गत आर्थिक वर्ष १ खर्ब ६८ अर्ब २३ करोड ३२ लाख ६८ हजार रुपैयाँको डिजेल, ७१ अर्ब ३८ करोड ८२ लाख ८८ हजार रुपैयाँको पेट्रोल र ६५ अर्ब ५५ करोड ९ लाख ७७ हजार रुपैयाँको एलपी ग्यास नेपाल भित्रिएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा १ खर्ब ६० अर्ब ५४ करोड ४४ लाख ६० हजार रुपैयाँको पेट्रोल, डिजेल र एलपी ग्यास नेपाल भित्रिएको विभागले जनाएको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष १ खर्ब ४४ अर्ब ६२ करोड ८० लाख ७३ हजार रुपैयाँ बढीको पेट्रोल, डिजेल र एलपी ग्यास नेपाल भित्रिएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |