धादिङ,५ साउन ।
साइबर क्राइम कम्प्युटर तथा कम्प्युटर नेटवर्क प्रयोग गरेर हुने जुनसुकै प्रकारका अपराधहरु हुन । पछिल्लो समय इन्टरनेटको प्रयोग ह्वात्तै बढेर गएको छ । अहिले समाजमा साईबर अपराधका घट्नाहरु बढ्न थालेका छन्। प्रविधिको विकास भएसँगै यस भित्र विभिन्न अपराधहरु हुन थालेको छ ।
साईबर क्राईम अन्तरगत वेवसाइट तथा इमेल ह्याकिङ, चरित्रहत्या, डाटा चोरी, इन्टरनेटमार्फत व्ल्याकमेलिङ, इन्टरनेट बैंकिङ जालसाजी, अर्काको पहिचान अनधिकृत रूपमा प्रयोग तथा जालसाजी गर्ने गरेको पाईन्छ ।
सामाजिक सञ्जालमा प्रविधिको दुरुपयोग गर्दै गरिने मानहानी, ब्लाकमेल लगायतका अपराधका घट्नाहरु बढीरहेको छ ।समाजमा हुने साईबर क्राईम न्युनीकरण गर्नको लागि जिल्ला प्रहरी कार्यलय धादिङले साईबर क्राईम सम्बन्धी सचेतना मुलक कार्यक्रम संचालन गरेको छ ।
सबैभन्दा बढी जोखिममा हुने युवायुवतीको लागि सचेतनामुलक कार्यक्रम सन्चालन गरीएको जिल्ला प्रहरी कार्यलय धादिङका ईनिस्पेक्टर रन्जन अवाले जानकारी दिनुभयो ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत विद्यालय स्तरमा गएर कार्यक्रम सन्चालन भईरहेको अवाले धादिङ सन्चारलाई जानकारी दिनुभयो ।विद्यार्थीहरुलाई ईनिस्पेक्टर अवाले साईबर क्राईम भनेको के हो ?साईबर क्राईम गर्दा हुने कानुनी सजाय,यसबाट बच्ने उपाय,वर्तमान अवस्था लगायतको विषयमा विद्यार्थीहरुलाई जानकारी गराउनु भएको थियो ।
बुधबार नीलकण्ठ माविका विद्यार्थीहरु र बिहीबार बालमन्दिर माविका विद्यार्थीहरुलाई साईबर क्राईम सम्बन्धी सचेतनामुलक कार्यक्रम सन्चालन गरीएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
साईवर अपराधबाट बच्न ध्यान दिनु पर्ने कुराहरुः
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |