धादिङ,०३ साउन।
रोेटरी क्लव अफ धादिङको अध्यक्षमा रोहित भण्डारी चयन हुनुभएको छ । सोमबार सातौं पदस्थापन कार्यक्रममा निर्वतमान अध्यक्ष भिमबहादुर श्रेष्ठले रोेटरी क्लव अफ धादिङको २०२२/२३ का अध्यक्ष भण्डारीलाई पद हस्तान्तरण गर्नुभएको छ ।
क्लवको उपाध्यक्षमा रामचन्द्र रिजाल, सचिवमा विष्णुकुमार श्रेष्ठ, सह सचिवमा रामहरि अधिकारी, कोषाध्यक्षमा रेसु अधिकारी र सह कोषाध्यक्षमा राजेन्द्र श्रेष्ठ चयन हुनुभएको छ ।
त्यसैगरि क्लवको आगामी अध्यक्षमा नवीन कुमार श्रेष्ठलाई सुनिश्चत गरेको छ । श्रेष्ठ सन् २०२३/२४ का लागि धादिङका अध्यक्ष बन्नुहुने क्लवका निर्वतमान अध्यक्ष भिमबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
सातवर्ष अघि सामाजिक सेवा गर्ने उद्देश्यले स्थापना भएको रोटरी अफ धादिङले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । क्लवले धादिङमा दुई वटा विद्यालयको भवन निमार्ण गरिसकेको छ भने धादिङ अस्पतलालाई ६५ लाख बराबरको आईसियु लगायतका उपकरण सहयोग तथा विभिन्न विद्यालयका गरीव तथा असहाय बालबालिकाकालाग शैक्षिक सामाग्री लगाएत सहयोग गर्दै आएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |