काठमाडौं ,३१ असार ।
फिल्म ‘म’ को दुई पोस्टर सार्वजनिक भएको छ । पोस्टर कान्तिपुर फिल्म एकेडेमीको फेसबुक पेजमार्फत् सार्वजनिक गरिएको हो ।
सार्वजनिक पोस्टरमा अनुसार नयाँ अनुहार संजोग रसाइलीको वरिपरि कथा र अन्य पात्रहरू घुमेको अनुमान लगाउन सकिन्छ । संजोग फिल्म एकेडेमीका अभिनयका विद्यार्थी हुन् । उनले यसै फिल्ममार्फत अभिनयमा डेब्यू गरेका हुन् ।
निर्माण टिमले केही दिनअघि एक मिनेटको टिजर सार्वजनिक गरेको थियो । टिजर र पोस्टर अनुसार निशा अधिकारी डाक्टर, रुविना थापा नर्स, निराजन प्रधान पुलिस अफिसर, नरेन खड्का ग्याङ्स्टार लुक्समा देखाइएको छ । टिजरमा सरोज खनाल, सविन श्रेष्ठ, सरिता लामिछाने र पुनम श्रेष्ठलाई देखाइए पनि उनीहरूको चरित्र खुलाइएको छैन ।
फिल्मको निर्देशक सुवर्ण थापा हुन् । उनले बनाएको फिल्म ‘सुनगाभा’ले समीक्षात्मक रूपमा राम्रो प्रतिक्रिया पाएको थियो । उनको नयाँ फिल्म ‘राधा’ आगामी १० भदौमा रिलिज हुँदैछ ।
फिल्ममा तेन्जिङ पाल्देनको छायांकन, बनिष शाहको सम्पादन, विमला हुमागाई र पदम पुरीको निर्माण तथा कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीका लेखन तथा क्रिएटिभ प्रोड्युसर छन् ।
कान्तिपुर सिनेमाजको प्रोडक्सन र कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुतीमा निर्माण भएको यो फिल्म २० साउनबाट रिलिज हुँदैछ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |