काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएका हुन् ।
शर्मामाथि बजेट निर्माण तथा करको दायरा हेरफेरमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप छ ।
साे विषयमा छानबिन गर्न ११ सदस्सीय संसदीय विशेष समिति छानबिन गठन गरिएकाे छ । उक्त समितिमा खगराज अधिकारी, भुष्पा भुसाल गौतम, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मण लाल कर्ण, शक्तिबहादुर बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो र सुरेन्द्रप्रसाद यादव छन् ।
सो समितिलाई कार्यावधि १० दिनको समय दिइएको छ । काम प्रारम्भ गरेको दिनदेखि कार्यावधि दिन गणना हुने सभामुख सापकोटाले जानकारी दिए ।
बजेट सार्वजनिक हुने अघिल्लो दिन १४ जेठको मध्यराति शर्माले अर्थमन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गरेको भन्ने आरोपमाथि छानबिन गर्न समितिलाई निर्देशन दिइएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |