धादिङ,२२ असार।
धादिङबेसीमा जारी ११ औँ राष्ट्रपनि रनिङ शिल्ड प्रतियोगिताको उपाधी धुनिबेसीले जितेको छ । मंगलबार अबेर सकिएको प्रतियोगितामा धुनिबेसीले १५ मेडल सहित प्रथम स्थान हासिल गर्न सफल भएको हो । विभिन्न खेल विधाको गोल्ड मेडलको आधारमा सहभागि टिम मध्ये सबै भन्दा धेरै १५ मेडल ल्याई धुनिबेसीले उपाधी जितेको हो।
यसैगरी अंकको आधारमा नीलकण्ठ नगरपालिकाले दोस्रो स्थान हासिल गर्न सफल भएको हो ।नीलकण्ठ नगरपालिकाको १ अंक रहेको छ ।यसैगरी ८ मेडल सहित बेनीघाट रोराङ गाउँपालिका तेस्रो स्थान हासिल गर्न सफल भएको छ । यसअघीको रनिङ शिल्ड प्रतियोगिताको उपाधी भने बेनीघाट रोराङ गाउँपालिकाले जितेको थियो।
जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङको अध्यक्षतामा सम्पन्न भएको पुरस्कार वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको प्रमुख आतिथ्यता रहेको थियो
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |