Logo
  • समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • रोजगार
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • पत्रपत्रिकाबाट
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • धादिङ्ग सञ्चार टि.भी.
  • सुचना
२०७९ श्रावण ३१, मंगलबार
ट्रेन्डीङ्ग
महिला क्रिकेट९७४ रेञ्जका सिमकार्डएमाले महाधिवेशनधादिङमा आजनेपाली कांग्रेसनेपालमा महामारीनयाँ भेरियन्ट
ट्रेन्डीङ्ग
Logo Logo
अर्थ/ब्यापार
  • गृह
  • स्थानीय समाचार
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • समाचार
  • अर्थ/ब्यापार
  • अन्तरवार्ता
  • बिचार
  • सुचना
  • अन्य
    • राजनीति
    • पत्रपत्रिकाबाट
    • धादिङ्ग सञ्चार टि.भी.
    • पर्यटन
    • अपराध गतिविधि
    • इतिहास
    • खोज तथा अनुसन्धान
    • जनप्रतिनिधि संवाद
    • धर्म तथा संस्कृति
    • बिज्ञान तथा प्रविधि
    • विश्व/एन.आर.एन.
    • शिक्षा तथा स्वास्थ्य
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

पछिल्लो २४ घण्टामा थपिए ८४८ कोरोना संक्रमित

७ घण्टा अघि
२

धादिङका १२ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ९९ पुग्यो

७ घण्टा अघि
३

नेक्स्ट सुपर मोडल नेपालको आवेदन खुला

९ घण्टा अघि
४

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

९ घण्टा अघि
५

धादिङकी थपलियासहित १० जना कांग्रेसको केन्द्रिय सदस्यमा मनोनित

९ घण्टा अघि
६

धादिङ कुम्पुरका सिताराम भुजेल र दाङकी पुष्पा होटलमा मृत फेला

१0 घण्टा अघि
७

धादिङकी एक महिलामा हैजा पुष्टि : सचेतना फैलाउदै स्वास्थ्य कार्यालय

११ घण्टा अघि
८

नागरिकता विधेयक ‘जस्ताको तस्तै’ अघि बढाउने सत्ता गठबन्धनको निर्णय

११ घण्टा अघि
९

नेपाल प्रहरीको तलबमान सार्वजनिक, कसले कति पाउँछ ? (विवरण)

११ घण्टा अघि
१०

वर्षमा एक अर्बभन्दा बढीको घडी नेपाल भित्रियो

१२ घण्टा अघि
११

दुई वर्षमा ४ अर्ब ७७ करोड रुपैयाँको भेन्टिलेटर र अक्सिजन कन्सेनट्रेटर नेपाल भित्रियो

१२ घण्टा अघि
१२

चितवन राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गे र अर्ना विहीन

१२ घण्टा अघि

धेरै पढिएका

१

गएरातिको वर्षाले धादिङको विभिन्न ठाउँमा क्षति, पहिरोले घर पुर्दा एकको मृत्यु

३ हफ्ता अघि
२

थाक्रे–८ मा एक जना मृत भेटिए

१ हफ्ता अघि
३

धादिङमा गएरातिको वर्षाले पु¥याएको क्षतिको प्रारम्भिक विवरण

३ हफ्ता अघि
४

मनमैजुबाट धादिङका अजय तामाङ सहित नौ जुवाडे पक्राउ

३ हफ्ता अघि
५

धादिङबाट पेस्तोल, सुन र डलर सहित २ जना पक्राउ

१ हफ्ता अघि
६

थोपल,अरुण र आँसी खोलासहित सरकारी तथा सार्वजनिक जग्गाको रेखांकन गरिने, घर टहरा निर्माणमा कडाई

२ हफ्ता अघि
७

बाग्मती प्रदेशमा सार्वजनिक गाडीको भाडा बढ्यो : धादिङबेशी–काठमाण्डौको भाडा २७०(कति किलोमिटरको कति रुपैयाँ ?)

३ हफ्ता अघि
८

दुर्घटनामा ज्यान गुमाएका परिवारलाई कुमारी बैँक धादिङद्धारा दश लाख हस्तान्तरण

३ हफ्ता अघि
९

भारतीय ट्रेलरले जीपलाई ठक्कर दिँदा धादिङका दुई जनाको मृत्यु

१३ घण्टा अघि
१०

नीलकण्ठ नगरपालिकालाई बहुप्राविधिक शिक्षालय सन्चालन गर्ने अनुमति, यसैबर्षदेखि कक्षा सन्चालन गरिने

१ हफ्ता अघि
११

चितवनबाट धादिङ आउदै गरेका माईक्रोबस दुर्घटना,१८ जना घाईते(घाईतेहरुको विवरण सहित)

२ हफ्ता अघि
१२

लोक सेवा आयोगकै झल्को दिने गरि परिक्षा संचालन गर्दै रुवी भ्याली गाउँपालिका

३ हफ्ता अघि

वैदेशिक रोजगारबाट फर्किएर कुरिलो खेती

धादिङ संचार १६६ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ १७, शुक्रबार (१ महिना अघि)
वैदेशिक रोजगारबाट फर्किएर कुरिलो खेती

नवलपुर, १७ असार ।

भक्तपुरका जयराज ख्याजुले एक वर्षअघिदेखि नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–३ ब्रम्हस्थानमा व्यावसायिक कुरिलो खेती सुरु गरे । कुरिलो खेती सुरु गर्नुअघि उनी १० वर्षसम्म वैदेशिक रोजगारमा थिए ।

वैदेशिक रोजगारमा लामो समय बिताएका ख्याजु स्वेदशमा नै उद्यमी बन्ने सोचका साथ फर्किएर नवलपुरमा व्यावसायिकरूपमा कुरिलो खेती सुरु गरेको बताउछन् । उनले ब्रम्हस्थानमा दुई बिघा जमिन भाडामा लिएर व्यावसायिक कुरिलो खेती सुरु गरेको हो । वैदेशिक रोजगारबाट फर्किएलगत्तै व्यावसायिक कुरिलो खेती गर्न सुरु गरेका ख्याजुले मेहेनत गर्ने हो भने स्वदेशमा नै राम्रो आम्दानी गर्न सकिने उदाहारण प्रस्तुत गरेका छन् ।

नारायणी नदीको काखमा अवस्थित ब्रम्हस्थान बत्तीमुनिको अँध्यारोजस्तै छ । यो गाउँ हुँदै नारायणी बग्ने भए पनि यहाँ सिँचाइका लागि पानीको सुविधा छैन भने यहाँको खेतबारीमा बलौटे माटो भएका कारण स्थानीयवासीले अन्नबाली उब्जाउन सकेका थिएनन् । वर्षमा एकपटक मकैखेती गरिने बारीमा ख्याजुले बाह्रैमास हरियाली हुने कुरिलो खेती गरेर गाउँमा नै उदाहरणीय काम गरेका छन् ।

एक वर्षअघिदेखि मात्रै कुरिलो खेती सुरु गरेका उनले खेती सुरु गरेकै वर्ष रु सात लाख नाफा गरेको बताए । “लामो समय वैदेशिक रोजगारीमा बस्दा गरेको मेहेनत र अहिले नेपालमै कृषिमा गरेको मेहेनतमा आफैँले गरेको पेसाप्रति सन्तुष्टि मिलेको छ”, उनले भने, “बाहिर १० वर्ष बसेँ त्यहाँ दिनको रु दुई हजारमात्रै कमाइ हुन्थ्यो, तर अहिले यहाँ कुरिलो राम्रो भयो भने महिनामा रु ४० देखि ५० हजारसम्म आम्दानी गर्ने गरेको छु।”

कुरिलो उत्पादन हुने समय र गोडमेलका बेलामा स्थानीयवासीलाई दैनिक ज्यालादारीमा काम गराउने गरेको उल्लेख गर्दै उनले अन्य समयमा आफ्नै परिवारले कुरिलोको रेखदेख गर्दै आएको बताए ।

उनको भाइ विश्वराज ख्याजुले ब्रम्हस्थानमै आएर १० वर्ष अघिदेखि व्यावसायिक कुरिलो खेती गर्दै आएका छन् । उनले सुरुमा परीक्षणका रूपमा थोरै जमिनमा कुरिलो खेती गरेको उल्लेख गर्दै उत्पादन र बजार राम्रो भएपछि खेती विस्तार गरेर अहिले तीन बिघा क्षेत्रफलमा कुरिलो खेती गरेको बताए । विश्वराज नवलपुर आउनुअघि भक्तपुरमै कुरिलो खेती गर्दै आएका थिए ।

“भक्तपुरमा कुरिलो खेतीका लागि जग्गा प्रशस्त नभएका कारण कुरिलो खेती गर्न नवलपुरसम्म आइपुगेँ”, विश्वराजले भने, “सुरुमा रु १२ लाख लगानी गरेर कुरिलो खेती सुरुआत गरेको थिएँ, अहिले वर्षमा रु २५ लाखसम्म आम्दानी हुने गरेको छ ।” विश्वराजले कुरिलो खेतीबाट वार्षिकरूपमा रु १२ देखि १५ लाखसम्म फाइदा हुने गरेको बताए । कुरिलो खेती एकपटक सुरु गरेपछि पाँचदेखि सात वर्षसम्म उत्पादन दिने उनले सुनाए ।

भित्री मधेस तथा तराईका जिल्लामा चैत, वैशाख, जेठ र असार महिनामा कुरिलोको राम्रो उत्पादन हुने गर्दछ । “कुरिलोले वर्षमा तीन महिना राम्रो उत्पादन दिन्छ”, विश्वराजले भने, “मङ्सिर, पुस र माघ महिनामा भने कुरिलोले उत्पादन दिन्न ।” मङ्सिरदेखि माघबाहेकका अन्य महिनामा भने सामान्यरूपमा कुरिलोले उत्पादन दिने विश्वराजको भनाइ छ ।

“कुरिलोको बजार मूल्य पनि राम्रो छ, कोभिडको समयमा थोककै रु ५०० प्रतिकिलोसम्म बिक्री भएको थियो”, विश्वराजले भने, “अहिले पनि थोकमै रु २५० प्रतिकिलोसम्म बिक्री हुने गरेको छ ।” उत्पादन राम्रो हुने समयमा दैनिक ५० देखि ८० किलोसम्म उत्पादन हुने गरेको विश्वराज बताउछन् । यहाँ उत्पादन हुने कुरिलोको मुख्य बजार काठमाडौँ हो । कुरिलो स्वास्थ्यका लागि लाभदायक भएको हुँदा उत्पादन भएकै ठाउँबाट सहजरूपमा बिक्री हुँदै आएको विश्वराजको भनाइ छ । रासस

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ/ब्यापार सम्बन्धि थप
  • covid

    पछिल्लो २४ घण्टामा थपिए ८४८ कोरोना संक्रमित

  • dhd update

    धादिङका १२ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ९९ पुग्यो

  • super model

    नेक्स्ट सुपर मोडल नेपालको आवेदन खुला

  • Petrol

    भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

  • समाचार
  • १

    पछिल्लो २४ घण्टामा थपिए ८४८ कोरोना संक्रमित
    ७ घण्टा अघि

  • २

    धादिङका १२ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ९९ पुग्यो
    ७ घण्टा अघि

  • ३

    नेक्स्ट सुपर मोडल नेपालको आवेदन खुला
    ९ घण्टा अघि

  • ४

    भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य
    ९ घण्टा अघि

  • ५

    धादिङकी थपलियासहित १० जना कांग्रेसको केन्द्रिय सदस्यमा मनोनित
    ९ घण्टा अघि

  • ६

    धादिङ कुम्पुरका सिताराम भुजेल र दाङकी पुष्पा होटलमा मृत फेला
    १0 घण्टा अघि

  • ७

    धादिङकी एक महिलामा हैजा पुष्टि : सचेतना फैलाउदै स्वास्थ्य कार्यालय
    ११ घण्टा अघि

  • ८

    नागरिकता विधेयक ‘जस्ताको तस्तै’ अघि बढाउने सत्ता गठबन्धनको निर्णय
    ११ घण्टा अघि

  • ९

    नेपाल प्रहरीको तलबमान सार्वजनिक, कसले कति पाउँछ ? (विवरण)
    ११ घण्टा अघि

  • १०

    वर्षमा एक अर्बभन्दा बढीको घडी नेपाल भित्रियो
    १२ घण्टा अघि

  • पत्रपत्रिकाबाट
    १

    चितवन राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गे र अर्ना विहीन

    धादिङ्ग सञ्चार
    २

    थाहा पाउनुहोस्, तपाईँको आजको राशिफल

    धादिङ्ग सञ्चार
    ३

    विद्युतीय सवारी साधनमा बढ्दै आकर्षण

    धादिङ्ग सञ्चार
    ४

    शाखा सडकबाट आएको पहिराले मुख्य सडक अवरुद्ध

    धादिङ्ग सञ्चार
    ५

    थाहा पाउनुहोस् तपाईंको राशिफल

    धादिङ्ग सञ्चार
    ६

    ६३ स्थानीय तहले बजेट पेश गरेनन्

    धादिङ्ग सञ्चार
    ७

    थाहा पाउनुहोस् तपाईको आजको राशिफल

    धादिङ्ग सञ्चार
    ८

    सामुदायिक वन दिवसको अवसरमा धादिङमा बृक्षरोपण

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    संचालक तथा सम्पादक: बद्री अधिकारी
    सह सम्पादक: अनिल कुमार नेपाली
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • गृह पृष्ठ
    • Terms of Service
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • पत्रपत्रिकाबाट
    • धादिङ्ग सञ्चार टि.भी.
    • प्रीतिबाट युनिकोड
    • रोमनमा लेख्नुहोस
    • हाम्रा न्युज रिपोर्टरहरु
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution