धादिङ,१६ असार ।
आगामी आर्थिक वर्ष २०७९/८० का बागमती प्रदेश सरकारले प्रदेशसभाबाट बहुमतले बजेट पारित गरेको छ ।
आज बसेको प्रदेशसभा बैठकले असार १ गते सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेको हो ।बागमती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले पेस गर्नुभएको अर्थ सम्बन्धीको प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक सर्वसम्मत र विनियोजन विधेयक, २०७९ बहुमतले पारित भएको थियो ।
बजेटको पक्षमा सत्तारुढ गठबन्धनका सांसदहरू उभिएका थिए । गठबन्धन हाल प्रदेशसभामा रहेका १ सय ७ प्रदेशसभा सदस्यमध्ये गठबन्धनसँग ५९ सदस्य छन् । प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ । जुन चालु आर्थिक वर्षकोभन्दा १३ अर्ब रुपैयाँले बढी हो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |