काठमाडौं १३ असार
वागमती प्रदेश न्यु डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगिता’ मंगलबारदेखि हुने भएको छ ।
कीर्तिपुरस्थित बहुउदेश्यीय कभर्ड हलमा हुने पाँच दिने प्रतियोगितामा आयोजक न्यु डायमन्डसहित सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाल पुलिस क्लब र परोपकार आदर्श माध्यमिक विद्यालय, काठमाडौं गरी चार टिमको सहभागिता रहनेछ ।
राउन्ड रोविन पद्दतिमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । बागमती प्रदेश खेलकुद विकास परिषद् र न्यु डायमन्ड स्पोर्टस् क्लबको संयुक्त आयोजनामा हुने प्रतियोगिताको विजेताले पाँच लाख, उपविजेताले दुई लाख ५० हजार, तेस्रो हुनेले एक लाख २५ हजार प्राप्त गर्ने आयोजकले बताएको छ । यस्तै, चौथो हुने टिमले ७५ हजार रुपैंया प्राप्त गर्नेछन् ।
यस्तै, व्यक्तिगत विधातर्फको सर्वोत्कृष्ट खेलाडीले २५ हजार र विधागततर्फको उत्कृष्टले १० हजार रुपैयाँ पाउनेछन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |