काठमाडौं, १३ असा ।
आदर्श लघुवित्तको प्रारम्भिक सार्वजनिक निष्काशन आईपीओ सोमबार बाँडफाँट हुँदै छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडका अनुसार सोमबा सेयर बाँडफाँट हुँदै छ ।
मागभन्दा बढी आवेदन परेकोले लघुवित्तको सेयरमा धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिकाअनुसार न्युनतम १० कित्ताको दरले ६ हजार २६१ जना आवेदकले पाउनेछन् ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार कम्पनीको आईपीओमा अन्तिम दिन ५ असारसम्ममा १७ लाख ९६ हजार ६८४ जना आवेदकबाट दुई अर्ब एक करोड ४२ लाख रुपैयाँ बराबरको दुई करोड एक लाख ४२ हजार ६१० कित्ता सेयरको माग आवेदन परेको छ । यो सर्वसाधारणलाई निष्काशन गरेको ६२ हजार ६१५ कित्ता सेयरको ३२१.६८ गुणा बढी हो ।
लघुवित्तले १ असारदेखि कुल ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ निष्कासन गरेको हो । हाल लघुवित्तको चुक्ता पुँजी एक करोड ४० लाख रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पुँजी दुई करोड ७ लाख रुपैयाँ पुग्नेछ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |