Logo
  • समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • रोजगार
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • पत्रपत्रिकाबाट
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • धादिङ्ग सञ्चार टि.भी.
  • सुचना
२०७९ श्रावण ३१, मंगलबार
ट्रेन्डीङ्ग
महिला क्रिकेट९७४ रेञ्जका सिमकार्डएमाले महाधिवेशनधादिङमा आजनेपाली कांग्रेसनेपालमा महामारीनयाँ भेरियन्ट
ट्रेन्डीङ्ग
Logo Logo
समाचार
  • गृह
  • स्थानीय समाचार
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • समाचार
  • अर्थ/ब्यापार
  • अन्तरवार्ता
  • बिचार
  • सुचना
  • अन्य
    • राजनीति
    • पत्रपत्रिकाबाट
    • धादिङ्ग सञ्चार टि.भी.
    • पर्यटन
    • अपराध गतिविधि
    • इतिहास
    • खोज तथा अनुसन्धान
    • जनप्रतिनिधि संवाद
    • धर्म तथा संस्कृति
    • बिज्ञान तथा प्रविधि
    • विश्व/एन.आर.एन.
    • शिक्षा तथा स्वास्थ्य
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

पछिल्लो २४ घण्टामा थपिए ८४८ कोरोना संक्रमित

६ घण्टा अघि
२

धादिङका १२ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ९९ पुग्यो

६ घण्टा अघि
३

नेक्स्ट सुपर मोडल नेपालको आवेदन खुला

८ घण्टा अघि
४

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

८ घण्टा अघि
५

धादिङकी थपलियासहित १० जना कांग्रेसको केन्द्रिय सदस्यमा मनोनित

८ घण्टा अघि
६

धादिङ कुम्पुरका सिताराम भुजेल र दाङकी पुष्पा होटलमा मृत फेला

९ घण्टा अघि
७

धादिङकी एक महिलामा हैजा पुष्टि : सचेतना फैलाउदै स्वास्थ्य कार्यालय

९ घण्टा अघि
८

नागरिकता विधेयक ‘जस्ताको तस्तै’ अघि बढाउने सत्ता गठबन्धनको निर्णय

१0 घण्टा अघि
९

नेपाल प्रहरीको तलबमान सार्वजनिक, कसले कति पाउँछ ? (विवरण)

१0 घण्टा अघि
१०

वर्षमा एक अर्बभन्दा बढीको घडी नेपाल भित्रियो

११ घण्टा अघि
११

दुई वर्षमा ४ अर्ब ७७ करोड रुपैयाँको भेन्टिलेटर र अक्सिजन कन्सेनट्रेटर नेपाल भित्रियो

११ घण्टा अघि
१२

चितवन राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गे र अर्ना विहीन

११ घण्टा अघि

धेरै पढिएका

१

गएरातिको वर्षाले धादिङको विभिन्न ठाउँमा क्षति, पहिरोले घर पुर्दा एकको मृत्यु

३ हफ्ता अघि
२

थाक्रे–८ मा एक जना मृत भेटिए

१ हफ्ता अघि
३

धादिङमा गएरातिको वर्षाले पु¥याएको क्षतिको प्रारम्भिक विवरण

३ हफ्ता अघि
४

मनमैजुबाट धादिङका अजय तामाङ सहित नौ जुवाडे पक्राउ

३ हफ्ता अघि
५

धादिङबाट पेस्तोल, सुन र डलर सहित २ जना पक्राउ

१ हफ्ता अघि
६

थोपल,अरुण र आँसी खोलासहित सरकारी तथा सार्वजनिक जग्गाको रेखांकन गरिने, घर टहरा निर्माणमा कडाई

२ हफ्ता अघि
७

बाग्मती प्रदेशमा सार्वजनिक गाडीको भाडा बढ्यो : धादिङबेशी–काठमाण्डौको भाडा २७०(कति किलोमिटरको कति रुपैयाँ ?)

३ हफ्ता अघि
८

दुर्घटनामा ज्यान गुमाएका परिवारलाई कुमारी बैँक धादिङद्धारा दश लाख हस्तान्तरण

३ हफ्ता अघि
९

नीलकण्ठ नगरपालिकालाई बहुप्राविधिक शिक्षालय सन्चालन गर्ने अनुमति, यसैबर्षदेखि कक्षा सन्चालन गरिने

१ हफ्ता अघि
१०

चितवनबाट धादिङ आउदै गरेका माईक्रोबस दुर्घटना,१८ जना घाईते(घाईतेहरुको विवरण सहित)

२ हफ्ता अघि
११

भारतीय ट्रेलरले जीपलाई ठक्कर दिँदा धादिङका दुई जनाको मृत्यु

१२ घण्टा अघि
१२

लोक सेवा आयोगकै झल्को दिने गरि परिक्षा संचालन गर्दै रुवी भ्याली गाउँपालिका

३ हफ्ता अघि

बलात्कार मुद्दामा हदम्याद खारेज गर्न महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजाल धादिङको माग

धादिङ संचार १६७ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ १२, आईतबार (१ महिना अघि)
बलात्कार मुद्दामा हदम्याद खारेज गर्न महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजाल धादिङको माग

धादिङ,१२ असार।
महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजाल धादिङले बलात्कार मुद्दामा हदम्याद खारेजी गर्न माग गरेको छ । जिल्ला संजाल धादिङले बलात्कार मुद्दामा हदम्याद खारेजी गर्न, द्रुत न्याय प्रणालीको प्रभावकारी कार्यान्वयन गर्न भन्दै आईतबार धादिङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल मार्फत प्रधानमन्त्री शेर बहादुर देउवालाई ९ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

लिङ्ग, उमेर, जात, वर्ग, अपाङ्गता, यौनिक पहिचानका कारण परिवार र समाजमा रहेको असमान शक्तिसम्बन्धमा परिवर्तन नहुँदासम्म शक्तिको आडमा गर्ने शोषण, दमन, हिंसा रहिरहने भएकोले सबैखाले विभेदको अन्त्य गरी शक्ति सम्बन्धमा रुपान्तरण गर्न जोड दिन संजालले माग गरेको छ । “कानूनी तथा सामाजिक न्यायको अधिकार : हिंसा रहित समाजको आधार” भन्ने नारासहित बलात्कार बिरुद्धको चौंथो राष्ट्रिय अभियान शुरु भएको छ ।

आज भन्दा नौ बर्ष अगाडी बलात्कारको घटनामा भएको कानूनी हदम्याद, फरक फरक सजाय व्यवस्था, प्रमाणका आधारहरु, लामो र त्रुटीपूर्ण अनुसन्धान प्रक्रिया, कानूनको व्याख्या र कार्यान्वयन गर्ने अधिकार प्राप्त निकायमा रहेका केहि व्यक्तिहरुको पित्तृसत्तात्मक सोच र व्यवहार बिरुद्ध महिला मानव अधिकार रक्षक राष्ट्रिय संजालको संयोजनमा महिला अधिकार, मानव अधिकारको क्षेत्रमा काम गर्ने ओरेक लगाएत ३५ भन्दा बढि संघसंस्थाहरुको संयुक्त सहभागीतामा बलात्कार बिरुद्धको राष्ट्रिय अभियान सञ्चालन भएको थियो ।

विभिन्न चरणमा सम्पन्न भएका अभियानहरुको प्रभावले बलात्कारको घटनाको कानूनी हदम्याद एक वर्ष, बलात्कारका घटनाको निरन्तर सुनुवाई, द्रुत न्याय प्रणाली, देवानी तथा फौजदारी संहिताले बलात्कार सम्बन्धि परिभाषा लगाएत कानूनी व्यवस्थामा पनि परिमार्जन गरि नीतिगत व्यवस्था भएको छ । यद्यपी समाजमा महिला तथा बालिका माथि हुने हिंसा र बलात्कारका घटनाहरु अन्त्य हुने अवस्थामा अझ पनि ठूलो खाडल देखिएको ध्यानाकर्षण पत्रमा भनिएको छ ।

गएको ३ महिनामा (चैत्र, बैशाख, जेष्ठ, २०७९) ओरेकमा संकलन भएका जम्मा ५९० वटा महिला हिंसाका घटनालाई हेर्दा १३२ वटा यौन हिंसाका घटनाहरु रहेका छन् । यी मध्ये ७१ वटा बलात्कार र १६ वटा बलात्कारको प्रयासका घटना रहेको तथ्याङ्कले देखाउँछ । त्यसैगरि नेपाल प्रहरीको २०७७/७८ को तथ्याङ्कलाई विश्लेषण गर्दा दैनिक औसत ७ वटा बलात्कारका घटनाको उजुरी परेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।

महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजाल धादिङले आवश्यक कानूनको निर्माण गरि प्रभावितको लागि सुरक्षित, संवेदनशील, दीर्घकालिन र पहुँचयुक्त सहयोगी संयन्त्रको विकास गर्न र बलात्कारबाट जन्मिएका बालबालिकाहरुको आमाको नामबाट बिना कुनै झन्झट आत्मसम्मान सहितको पहिचानको सुनिश्चितता गर्न समेत माग गरेको छ । अहिले देशभर बलात्कार जस्ता मुद्दामा हदम्याद हठाउनुपर्ने आवाज उठिरहेको छ ।

यस्ता छन् बिभिन्न ९ बुँदे मागहरू :
१.बलात्कार जस्तो जघन्य अपराधको घटनामा हदम्यादको व्यवस्था खारेज गरियोस् ।
२.प्रभावितले मुद्दा दर्ता गर्न तथा न्यायिक प्रक्रियाका लागि समेत व्यहोर्नुपर्ने झण्झटिलो न्याय प्रणालीले गर्दा न्याय प्राप्त गर्नबाट वञ्चित हुनु परेको छ। तसर्थ द्रुत न्याय प्रणालीको प्रभावकारी कार्यान्वयन गरियोस्।
३.लिङ्ग, उमेर, जात, वर्ग, अपाङ्गता, यौनिक पहिचानका कारण परिवार र समाजमा रहेको असमान शक्तिसम्बन्धमा परिवर्तन नहुँदासम्म शक्तिको आडमा गर्ने शोषण, दमन, हिंसा रहिरहने भएकोले सबैखाले विभेदको अन्त्य गरी शक्ति सम्बन्धमा रुपान्तरण गर्न जोड दिइयोस् ।
४.अपराधको ढाकछोप, अपराधीको संरक्षण गर्ने परिपाटीले अपराधीको मनोवल उच्च रहने तथा प्रभावितले सँधै पीडित हुनुपर्ने अवस्थाको अन्त्य गर्दै कानूनको पूर्णरुपमा कार्यान्वयन गरी दण्डहीनताको अन्त्य गरियोस् ।
५.विद्यमान कानूनको व्याख्याले पीडकलाई कारवाहीको रुपमा मात्र सिमित गरेकोले प्रभावितले आत्मसम्मानका साथ बाँच्न पाउने अधिकारको सुनिश्चितता सहितको न्यायको अनुभूती गर्ने वातावरण निर्माणका लागि न्यायलाई सामाजिक न्यायको अवधारणाको आधारमा व्याख्या गरियोस् ।
६.महिलाको शरीरलाई परिवार तथा समाजको इज्जतको सवालको रुपमा मात्रै हेर्ने हानिकारक सोचले महिलामाथि हुने सबै प्रकारका हिंसामा सामाजिक मौनताको संस्कृतिलाई निरन्तरता दिएको छ । यसका लागि विभेदित सामाजिक संरचनाको संरचनागत रुपान्तरण गरी हिंसा विरुद्ध शून्य सहनशीलता सुनिश्चित गरियोस् ।
७.बलात्कार जस्तो जघन्य अपराधका घटनालाई इज्जत र प्रतिष्ठाको विषय वनाई मेलमिलाप गराउने पीडित÷प्रभावितलाई लाञ्छना लगाउने, डर, धम्की दिने, बसोवास गरिरहेको स्थान छोड्न बाध्य बनाउने, उजुरी लिननै आनाकानी गर्ने, प्रभावित र परिवारलाई राजनीतिक दबाव दिने, पीडकलाई संरक्षण गर्ने जस्ता कार्यहरुलाई अपराधीकरण गरि आवश्यक कानूनको निर्माण गरियोस् र प्रभावितको लागि सुरक्षित, संवेदनशील, दीर्घकालिन र पहुँचयुक्त सहयोगी संयन्त्रको विकास गरियोस् ।
८.बलात्कार तथा यौनशोषणबाट पीडित महिला तथा बालिकाहरूको शिक्षा, स्वास्थ्य सेवा र न्यायपूर्ण वातावरणमा बाँच्न पाउने अधिकार CRC/CEDA मा गरिएको प्रतिवद्धता अनुरूप नीतिगत तवरबाट सुनिश्चित गरी त्यसलाई सम्बोधन गर्ने कार्यक्रम तथा बजेटको व्यवस्था गरियोस् ।
९.बलात्कारबाट जन्मिएका बालबालिकाहरुको आमाको नामबाट बिना कुनै झन्झट आत्मसम्मान सहितको पहिचानको सुनिश्चितता गरियोस् ।

No description available.

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • covid

    पछिल्लो २४ घण्टामा थपिए ८४८ कोरोना संक्रमित

  • dhd update

    धादिङका १२ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ९९ पुग्यो

  • super model

    नेक्स्ट सुपर मोडल नेपालको आवेदन खुला

  • Petrol

    भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

  • समाचार
  • १

    पछिल्लो २४ घण्टामा थपिए ८४८ कोरोना संक्रमित
    ६ घण्टा अघि

  • २

    धादिङका १२ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ९९ पुग्यो
    ६ घण्टा अघि

  • ३

    नेक्स्ट सुपर मोडल नेपालको आवेदन खुला
    ८ घण्टा अघि

  • ४

    भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य
    ८ घण्टा अघि

  • ५

    धादिङकी थपलियासहित १० जना कांग्रेसको केन्द्रिय सदस्यमा मनोनित
    ८ घण्टा अघि

  • ६

    धादिङ कुम्पुरका सिताराम भुजेल र दाङकी पुष्पा होटलमा मृत फेला
    ९ घण्टा अघि

  • ७

    धादिङकी एक महिलामा हैजा पुष्टि : सचेतना फैलाउदै स्वास्थ्य कार्यालय
    ९ घण्टा अघि

  • ८

    नागरिकता विधेयक ‘जस्ताको तस्तै’ अघि बढाउने सत्ता गठबन्धनको निर्णय
    १0 घण्टा अघि

  • ९

    नेपाल प्रहरीको तलबमान सार्वजनिक, कसले कति पाउँछ ? (विवरण)
    १0 घण्टा अघि

  • १०

    वर्षमा एक अर्बभन्दा बढीको घडी नेपाल भित्रियो
    ११ घण्टा अघि

  • पत्रपत्रिकाबाट
    १

    चितवन राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गे र अर्ना विहीन

    धादिङ्ग सञ्चार
    २

    थाहा पाउनुहोस्, तपाईँको आजको राशिफल

    धादिङ्ग सञ्चार
    ३

    विद्युतीय सवारी साधनमा बढ्दै आकर्षण

    धादिङ्ग सञ्चार
    ४

    शाखा सडकबाट आएको पहिराले मुख्य सडक अवरुद्ध

    धादिङ्ग सञ्चार
    ५

    थाहा पाउनुहोस् तपाईंको राशिफल

    धादिङ्ग सञ्चार
    ६

    ६३ स्थानीय तहले बजेट पेश गरेनन्

    धादिङ्ग सञ्चार
    ७

    थाहा पाउनुहोस् तपाईको आजको राशिफल

    धादिङ्ग सञ्चार
    ८

    सामुदायिक वन दिवसको अवसरमा धादिङमा बृक्षरोपण

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    संचालक तथा सम्पादक: बद्री अधिकारी
    सह सम्पादक: अनिल कुमार नेपाली
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • गृह पृष्ठ
    • Terms of Service
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • पत्रपत्रिकाबाट
    • धादिङ्ग सञ्चार टि.भी.
    • प्रीतिबाट युनिकोड
    • रोमनमा लेख्नुहोस
    • हाम्रा न्युज रिपोर्टरहरु
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution