काठमाडौं,१२ असार ।
साताको पहिलो दिन आइतबार सेयरबजारमा उछाल आएको छ । लगानीकर्ताहरूको १९ बुँदे माग पूरा गर्ने सम्बोधन भएसँगै आइतबार पुँजीबजारमा सुधार आएको हो ।
नेप्से परिसूचक ९४ अंकले बढेर १९५६ को विन्दुमा पुगेको छ । सूचीकृत २३० कम्पनीको ६३ लाख ६३ हजार ५९० कित्ता सेयर किनबेच हुँदा दुई अर्ब १९ करोड ६१ लाख ४१ हजार ८४८ रुपैयाँको कारोबार भएको छ ।
सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक कुमारी बैंकको शेयर खरिदबिक्री भएको छ । बैंकको एकैदिन ८ करोड ६४ लाख ३८ हजार रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, हिमालयन डिस्टिलरीको ८ करोड ३७ लाख, ङादी ग्रुप पावरको ८ करोड ३३ लाख, नबिल बैंकको ६ करोड ७६ लाख र शिवम् सिमेन्ट्सको ५ करोड ४१ लाख रुपैयाँभन्दा माथिको कारोबार भएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |