काठमाडौं, ८ असार ।
चालु आर्थिक वर्ष २०७८/७९ को सुरुवाती ११ महिनामा नेपालको वैदेशिक व्यापार घाटा २५ प्रतिशतले बढेको छ ।
भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्म नेपालको कूल वैदेशिक व्यापार १९ खर्ब ४९ अर्ब ६ करोड १ लाख १४ हजार रुपैयाँ पुगेको छ ।
सो अवधिमा नेपालले विभिन्न देशबाट १७ खर्ब ६३ अर्ब २२ करोड ३० लाख ९६ हजार रुपैयाँको वस्तु आयात र १ खर्ब ८५ अर्ब ८३ करोड ७० लाख १८ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ ।
गत आर्थिक वर्ष २०७७/७८ को सुरुवाती एघार महिनामा नेपाललको कूल वैदेशिक व्यापार १५ खर्ब ४ अर्ब ६१ करोड ८८ लाख ८३ हजार रुपैयाँ रहेको थियो । उक्त वर्ष नेपालले १३ खर्ब ८३ अर्ब ३६ करोड ४९ लाख २४ हजार रुपैयाँको वस्तु आयात र १ खर्ब २१ अर्ब २५ करोड ३९ लाख ५९ हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो ।
अघिल्लो आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालको वैदेशिक व्यापार घाटा १२ खर्ब ६२ अर्ब ११ करोड ९ लाख ६५ हजार रुपैयाँ रहेको थियो।
भन्सार विभागको पछिल्लो तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालको कुल वैदेशिक व्यापार २९.५ प्रतिशतले वृद्धि भएको छ । सो समयमा कूल वैदेशिक व्यापार घाटा २५ प्रतिशत, आयात २७.५ प्रतिशत, निर्यात ५३.३ प्रतिशत र व्यापार घाटा २५ प्रतिशतले वृद्धि भएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |