काठमाडौं, ७ असार ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० वर्षे सशस्त्र माओवादी युद्धको औचित्य अझै पुष्टि हुन नसकेको टिप्पणी गरेका छन् । मंगलबार पूर्वराजदूतहरुसँगको छलफलमा उनले माओवादी युद्ध केका लागि, कसका विरुद्ध र के प्राप्तिका लागि भन्ने अहिलेसँग टुंगो नभएको बताए ।
‘१० वर्ष देश हिंसामा फस्यो, केका लागि ? कसका विरुद्ध ? के प्राप्तिका लागि भन्न्ने अझै टुंगोमा पुगेको छैन,’ ओलीले भने, ‘गणतन्त्रका लागि थियो भने गणतन्त्र नआई नटुंगियो । २०६३ सालमा त गणतन्त्र त आएको थिएन । गणतन्त्र घोषणा (गणतन्त्र दिन्छु भनेर) गर्ने कसैसँग सम्झौता पनि भएको थिएन । केका लागि थियो ?’
पञ्चायत र राजतन्त्रविरुद्धको आन्दोलनमा हतियार उठाउनु आवश्यकता रहेको भए पनि त्यसअलवा संविधानप्रदत्त अधिकार प्रयोग गरेर शान्तिपूर्ण तरिकाबाट आन्दोलन गर्ने अवस्था रहेको भन्दै उनले संविधानकै परिधिभित्र रहेर देशको विकास र समृद्धि तथा आमूलपरिवर्तन गर्न सकिने बताए ।
फाईल तस्विर
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |