काठमाडौं, ६ असार।
सेयर बजारप्रतिको कठोर सरकारी नीतिका कारण सेयर बजार परिसूचक १९ महिना यताकै तल्लो बिन्दुमा झरेको छ । सोमबार सूचक एक हजार ९०० बिन्दुमुनी झरेको हो । यसअघि ११ मंसिर २०७७ मा सूचक १९९३ बिन्दुमा रहेको थियो ।
सोमबार कारोबार खुला भएदेखि नै घट्न थालेको नेप्से एक घण्टा अवधिमा नै १ हजार ९०० बिन्दुमुनि झरेको हो । निरन्तरको गिरावटका कारण मार्जिन कल र अझै घट्ने आंकलनका साथ लगानीकर्ताले सेयर बिक्री गरेपछि बजार थप प्यानिक भएको हो ।
कारोबारको १ घण्टा अवधिमा नेप्से ३९.८१ अंकले घटेर १८९४.३१ बिन्दुमा झरेको छ । २०१ कम्पनीका सात लाख ४१ हजार कित्ता सेयर २४ करोड ८६ लाख रुपैयाँमा खरीद बिक्री भएको छ ।
यसअवधिमा कारोबारमा आएका सबै उपसमुहगत सूचक राताम्मे बनेका छन् । फाइनान्स र जलविद्युत सूचक ३ प्रतिशतभन्दा बढीले घटेको छ । यसअवधिमा हिमालयन डिष्टिलरीको सबैभन्दा धेरै एक करोड ७२ लाखको सेयर कारोबारमा आएको छ । एनसीसी बैंक, नबिल बैंक र अरुण काबेली पावरको शीर्ष तीन ठूलो कारोबार भएको छ ।
तारागाउँ रेजिन्सी होटलको सेयरमूल्य ३.७४ प्रतिशतले बढेर ३३३ रुपैयाँ पुगेको छ । आधिँखोला, सिंगटी हाइड्रोपावरको सेयरमूल्य पनि सामान्य बढेको छ । रिभर फल्स पावरको सेयरमूल्यमा सोमबार पनि नकारात्मक सर्किट लागेको छ ।
कम्पनीको सेयरमूल्य घटेर २२२.३० रुपैयाँमा झरेको छ । तेह्रथुम पावर, सिद्धार्थ इन्सयोरेन्स र लिवर्टी इनर्जी लिमिटेडका सेयरधनीले ८ प्रतिशत हाराहारीमा गुमाएका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |