धादिङ ,६ असार ।
महिला उद्यमशिलताको लागि नीलकण्ठ नगरपालिकाले बजेट बिनियोजन गर्ने मेयर भीम प्रसाद ढुंगानाले बताउनु भएको छ।महिलाहरुको आर्थिकमा शसक्तिकरण नभए सम्म विकास सम्भव नहुने भन्दै महिलाहरुलाई उद्यमी बनाउनको लागि सहुलियत ऋण तथा तालिमको व्यावस्था गने बताउनुभयो।
महिलाहरु आर्थिक रुपमा सवल भए महिलामाथि हुने हिंसा पनि न्युनीकरण हुने भन्दै ढुंगानाले महिलाहरुले उत्पादन गरेका वस्तुको बजारीकरणको लागि समेत नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।निकट भविष्यमा निर्माण हुन लागेको उद्योग ग्राम तथा कोशेली घरले पनि महिला उद्यमशिलतालाई सहयोग गर्ने र त्यसको लागि महिलाहरुलाई विशेष छुटको व्यावस्था गरिने समेत बताउनुभयो ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्र्तगत १० दिने मखमल जुत्ता चप्पल बनाउने तालिम समापन समारोहलाई सम्बोधन गर्नुहुदै मेयर ढुंगानाले महिलाहरुको हक अधिकारको लागि आफु प्रतिबद्ध भएर लाग्ने बताउनुभयो ।
यसैगरी कार्यक्रममा नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश श्रेष्ठले आफुले सिकेको सिपलाई निरन्तरता दिनको लागि आग्रह गर्नुभयो । व्यावसाय सन्चालन गर्नको लागि वडा तथा नगरपालिकाले सहयोग गर्ने भन्दै उहाँले सहभागीहरुलाई व्यावसायी बन्ने हिसाबले अघि बढ्न आग्रह गर्नुभयो ।
यसैगरी वडा नम्बर ९ का वडा अध्यक्ष राजन बराईलिले आगमी दिनमा पनि सिप मुलक कार्यक्र सन्चालन गर्दै जाने बताउनुभयो ।
१० दिन सम्म सन्चालन भएको तालिममा नीलकण्ठ नगरपालिका वडा नं ८ र ९ का २४ जना महिलाहरुको सहभागिता रहेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |