असार ५,धादिङ । धादिङमा तितेपाती र गाईतिहारेको तेल उत्पादन सुरु भएको छ । डिभिजन वन कार्यालय, धादिङको रु ५ लाख सहयोगमा गजुरी गाउपालिका वडा न ५ मा रहेको चिरायु आयुर्वेद कम्पनी प्रा.ली.ले तेल उत्पादन कार्य सुरु गरेको हो ।
कम्पनीले समुदायमा रहेका ब्यक्ती र बिद्यार्थीहरुबाट समुदाय मै रहेको उत्पादनलाई संकलन गरि सुकाएर प्रतिकेजी तितेपाती रु १० र गाईतिहारेको रु १५ का दरले खरिद गरि संकलन गर्ने समेत भएको छ ।
हाल उक्त कम्पनी १५ लाखको लागतमा सुरु गरिएको हो । नेपालको भोजपुर, खोटाङ, सिन्धुपाल्चोक, पाल्पामा यस किसिमको उद्योग संचालनमा रहेका छन् । तितेपातीको ६ प्रजाती रहेपनि जापनिज तितेपाती बढि उपयुक्त हुने जानकारहरु बताउछन् ।
धादिङमा उत्पादित तितेपाती र गाईतिहारेको तेल नेपाल, जापान, बेलायत,क्यानडा र अमेरिकामा समेत बिक्री गर्न सकिने कम्पनीका संचालक नारायण प्रसाद अर्यालले बताएका छन् ।
यस्तो छ तितेपातीका फाईदाहरु
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |