धादिङ ५ असार
जिल्ला भलिबल संघ धादिङको अध्यक्षतामा भलिबल रेफ्रि अमृत गुरुङ(तिलक) निर्वाचित हुनुभएको छ ।संघको शनिवार बसेको पाँचौ साधारणसभाले अमृत गुरुङको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । पुर्नगठित समितिको महासचिवमा विकास कोईराला, कोषाध्यक्षमा गंगा श्रेष्ठ, सदस्यहरुमा उत्तम भट्ट, अशोक थापा, प्रतिक्षा रानामगर र विष्णु श्रेष्ठ चयन हुनुभएको छ ।
भलिबल संघ धादिङका अशोक थापाको अध्यक्षतामा सम्पन्न भएको साधारणसभामा जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंङ तामाङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा भलिबल संघका केन्द्रीय सचिव मानवीर छन्त्याल, बागमती प्रदेशका अध्यक्ष माधव केसी, जिल्ला खेलकुद समितिका पूर्व अध्यक्ष रामकृष्ण अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |