धादिङ,०१ असार ।
निलकण्ठ बहुमुखी क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुको निशुल्क रक्त समूह परिक्षण गरिएको छ ।
विश्व रक्तदाता दिवसको अबसरमा बुधबार सामाजिक रुपान्तरणको लागि स्थानीय प्रयास नेपाल धादिङको आयोजनामा भएको शिविरमा क्याम्पसका २०३ विद्यार्थीको रक्त समूह परिक्षण गरिएको हो ।
रोजगार परामर्श तथा विद्यार्थी सहायता समिती नीलकण्ठ बहुमुखी क्याम्पसको सहआयोजना तथा युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको सहकार्य रहेको शिविरमा नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।
आवश्यक परेको बेला रक्तदाता पहिचान गर्ने उद्धेश्यले बिद्यार्थीहरुको रक्त समुह परीक्षण गरिएको आयोजकले जनाएको छ ।शिविर बिहिबार पनि चल्ने नेपाल रेडक्रस सोसाइटी रक्त सेवा केन्द्र धादिङको उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |