धादिङ,३१ जेठ ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ ईजारामा बोलेरो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १६ जना घाईते भएका छन् ।
मंगलबार दिउँसो धादिङबेशीबाट नीलकण्ठ नगरपालिका वडा नम्बर २ जुरेथुम तर्फ जाँदै गरेको बा १८ च २८२० नम्बरको बोलेरो अनियन्त्रित भई सडकमा पल्टदा नीलकण्ठ नगरपालिका वडा नम्बर २ बस्ने अन्दाजी ३०–३२ बर्षिय प्रेम बहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
गुरुङको धादिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी अन्य १६ जना घाईते भएका छन् ।घाईतेहरुको अवस्था सामान्य रहेको र धादिङ अस्पतालमा उपचार भईरहेको छ । बोलेरोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घाइतेहरुको विवरण :
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |