काठमाडौं, ३१ जेठ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आसन्न ६ असारको निर्वाचनमा ९ भोटका लागि परेको अपिलमध्ये तीन मतदाताले मताधिकार फिर्ता पाएका छन् ।
निर्वाचन समितिले यसअघि मताधिकारबाट वञ्चित गरेका चार मतदातासहित थप पाँच मताधिकारमाथि अपिल परेको थियो । जुन निर्णयसँगै अध्यक्ष पदमा पुनः दोहोरिन चाहेका कर्माछिरिङ शेर्पा पक्षलाई फाइदा पुगेको थियो ।
अपिल कमिटीले सरस्वती क्लब, फ्रेन्ड्स क्लब र महिला फुटबल संघलाई मताधिकार दिने भएको छ । यसअघि निर्वाचन समितिले भने सिरहा जिल्लासहित कर्माछिरिङ शेर्पा प्यानलका चार मतदाताको मताधिकार खोसेको थियो । तर, अपिल कमिटीले चारमध्ये तीन जिल्लाको मताधिकारको निर्णय उल्ट्याएको छ ।
सिरहा जिल्लाको भने निर्वाचन समितिले खोसेको मताधिकार फिर्ता भएको छैन । यसअघि निर्वाचन समितिमा दावी–विरोध परेर बदर भएका चार मतदाता– महिला समिति, सिरहा जिल्ला, फ्रेन्ड्स क्लब र सरस्वती क्लबले मताधिकार पाउनु पर्ने भनेर अपील परेको थियो ।
यस्तै, सिन्धुली जिल्लाले पनि मताधिकार पाउनु पर्ने दाबी गर्दै अपील गरेको थियो । स्याङ्जालाई मताधिकारको सूचीबाट हटाउनु पर्ने भन्दै अपील परेको थियो । रौतहटका नेपाल कार्कीमाथि पनि अपिल परेको थियो । यस्तै, आरसी ३२ र कैलालीको स्टार सिटीमाथि पनि अपिल परे पनि निर्णय परिवर्तन भएको छैन ।
६ असारमा हालका अध्यक्ष शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ आ आफ्नो प्यानल सहित अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |