काठमाडौं, २९ जेठ ।
सभामुख अग्निप्रसाद सापकोटाले किसानलाई मल उपलब्ध गराउन सरकारको नाममा रुलिङ गरेका छन् ।
प्रतिनिधिसभाको जारी ११औँ अधिवेशनका बैठकमा सांसदहरुले धान रोप्ने समय भइसक्दा पनि मल नपाएर किसान प्रताडित बनेको भन्दै ध्यानाकर्षण गराएपछि सभामुख सापकोटाले आइतबार सरकारको नाममा रुलिङ गरेका हुन् ।
आइतबारको बैठकमा सभामुख सापकोटाले किसानलाई यथाशीघ्र मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएका हुन् ।
बैठकमा सभामुख सापकोटाले भने, ‘खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको सन्दर्भमा माननीय सदस्यहरुले उठाउनुभएको कुरामा मेरो ध्यानाकर्षण भएको छ । यथाशीघ्र कृषकहरुलाई मल उपलब्ध हुनसक्ने गरी व्यवस्थापन गर्न, गराउन म सम्बन्धित मन्त्री एवं नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |