न्युयोर्क, २८ जेठ
अमेरिका जाने हवाई यात्रुहरूले अबदेखि कोभिड–१९ परीक्षण गरेको प्रमाण पेस गर्नु नपर्ने भएको छ । कोभिड महामारी घट्दै गएपछि अमेरिकी सरकारले पछिल्लो कदम चालेको हो । ह्वाइट हाउसका सहायक प्रेस सेक्रेटरी केभिन मुनोजले ट्विटरमा यसको पुष्टि गरेका हुन् । पयर्टक उद्योगकको चर्को लबिंगपछि सरकार कोभिड परीक्षण गरेको प्रमाण पेस गर्नु नपर्ने निर्णयमा पुगेको हो ।
यसअघि सबै यात्रुहरूले आफ्नो उडानमा चढ्नु अघि वा यात्राअघि कोभिड–१९ परीक्षण नेगेटिभ भएको प्रमाण पेस गर्नु पर्दथ्यो । तर, आइतबारदेखि यो नियम समाप्त हुँदैछ । अमेरिकी रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी) ले ९० दिनमा नीतिको पुनः मूल्यांकन गर्नेछ । प्रशासनले भन्यो कि यो नियम पुनर्मुल्यांकन गर्ने भएका छ । तर, नयाँ भेरियन्ट देखिएमा र तत्काल पुरानो नीति अबलम्बन गर्न सकिने पनि केन्द्रले संकेत गरेको छ । अधिकांश गैर–अमेरिकी नागरिकहरूले अझै पनि देशमा यात्रा गर्न खोप लगाउनु पर्छ
जवनरीदेखि अमेरिकामा कोभिड संक्रमितको संख्या ह्वात्तै घटेको थियो । यद्यपि, पछिल्ला दिनमा फेरि संक्रमण देखिन थालेको छ । अमेरिका कोभिड परीक्षण नीतिहरूको पुनःमुल्यांकनमा अन्य देशभन्दा पछाडि परेको त्यहाँको पर्यटन क्षेत्रको गुनासो छ । एजेन्सी
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |