काठमाडौं, २६ जेठ ।
नेपाल कांग्रेसको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिले स्थानीय तहको निर्वाचनमा ४४ प्रतिशतभन्दा बढी स्थानमा विजय हासिल गरेको प्रतिवेदन सार्वजनिक गरेको छ ।
सो मातहातको अनुगमन, मुल्यांकन तथा सुपरिवेक्षण उपसमितिका संयोजकसमेत रहेका केन्द्रीय समितिका सदस्य प्रदिप पौडेलले एक प्रतिवेदन सार्वजनिक गर्दै सो दावी प्रस्तुत गरेको हो ।
‘कुल ७५२ स्थानमध्ये प्रमुख पदमा ३२९ स्थानमा विजय (१८८ अध्यक्ष र र १४१ प्रमुख), जुन कुल स्थानको करिब ४४ प्रतिशत हुन आउँछ, ’ प्रतिवेदनमा भनिएको छ, ‘कुल ७५२ स्थानमध्ये उपप्रमुख पदमा ३०० स्थानमा विजय (१९० उपाध्यक्ष र ११० उपप्रमुख), जुन कुल स्थानको ४४ प्रतिशत हुन आउँछ ।’
कार्यकारी पदको १५०४ मध्ये ६२९ स्थानमा नेपाली कांग्रेस रहेको र जसको ४२ प्रतिशत हुने प्रतिवेदनमा उल्लेख छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |