काठमाडौं, २२ जेठ ।
नेपाल भलिबल संघ (एनभिए) को पोखरामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले १० असारसम्म जिल्ला र प्रदेशको निर्वाचन गर्ने निर्णय गरेको छ ।शनिबार गण्डकी प्रदेशमा बसेको बैठकले सात प्रदेशको लागि निर्वाचन केन्द्रीय प्रतिनिधि तोकेको छ ।
जसमा १ नम्बर प्रदेश संयोजकमा मदन खड्का, मधेस प्रदेशमा उपेन्द्र यादव, बागमती प्रदेशमा कुमारराज सुवेदी, गण्डकीमा याम गुरुङ, लुम्बिनीमा निरोज मास्के, कर्णालीमा ऎनबहादुर शाही र सुदूरपश्चिमको संयोजकमा हर्क सिंह धामीलाई छनोट गरिएको छ ।
भलिबल संघले असार १५ सम्म जिल्ला र प्रदेशबाट छनोट भएका प्रतिनिधिको नामावली राखेपलाई बुझाउने छ । यसैगरी बैठकले खेलकुद ऎन २०७७ र संघको बिधानलाई टेकेर निर्वाचन प्रक्रिया अगाडी बढाउने निर्णय गरेको छ । यद्यपि बैठकले निर्वाचन मिति भने तोक्न सकेन ।
बैठकले पूर्वअध्यक्ष गंगाबहादुर थापाको नेतृत्वमा तीन सदस्यीय संघको विधान मस्यौदा समिति गठन गरेको छ । जसको सदस्यमा रामचन्द्र भण्डारी र रोशन श्रेष्ठ सदस्य रहेका छन् ।
बैठकले महासचिव र कोषाध्यक्षको प्रतिवेदनलाई सुझाव सहित केन्द्रीय अधिवेशनमा लग्ने, एशियाली महिला भलिबलको तयारी सुरु गर्ने, रेफ्री, खेलाडीको विवादबारे छानबिन गर्न महासचिवको नेतृत्वमा पाँच सदस्य समिति गठन गरेको छ । जसको सदस्यमा मनवीर छन्त्याल, जुनु पुन, जितेन्द्र श्रेष्ठ र श्रीराम बोगटी रहेका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |