एजेन्सी
वर्लिन, १८ जेठ
प्रागैतिहासिक खानाको लडाइँले मेगालोडोन सार्कको लोप भएको हुन सक्ने वैज्ञानिकहरूले अनुमान गरेका छ । महासागरको विशाल मेगालोडनको जीवाश्म दाँतहरूको अध्ययनले यो सुझाव दिन्छ कि यसले अर्को क्रुर शिकारी ठूलो सेतो सार्कसँग खानाको लागि प्रतिस्पर्धा गर्नुपर्ने थियो । ह्वेल र अन्य शिकारको लडाइले मेगालोडोनलाई तीस लाख वर्षअघि लोप हुनेतर्फ धकेलिएको हुनसक्ने सोधकर्ताहरूको भनाई छ ।
समुद्री तहको परिवर्तनलगायतका वातीवरणीय दबाबले पनि मेगालोडोनको लोपमा भूमिका खेलेको थियो । समुद्री सतहमा परिवर्तनका कारण वासस्थान गुमाउनेदेखि शिकारको कमी लोपका कारण भएको जनाइएको छ । धेरै वर्षअघि लोप भएको जनावरको खानेकुरा बुझ्नका लागि अन्तर्राष्ट्रिय अन्वेषकहरूले जीवित र मरेका सार्कहरूको दाँतका जिंक आइसोटोपलाई एउटा माध्यमको रूपमा प्रयोग गरेका थिए ।
जीवित सार्कमा देखिएको रसायनिक संकेत र मेगालोडोनको दाँतको १३ जिवाश्मले यो सुझाव दिएको छ कि खानेकुराको सञ्जालमा ठूला ह्वाइट सार्क र मेगालोडोनको समान स्थान थियो र सम्भवत उनीहरुले ह्वेल, डल्फिनएउटै खानेकुराका लागि संघर्ष गरेका थिए । जलवायु परिवर्तन र अन्य वातावरणीय दबाबसँगै खानेकुराको संघर्षका कारण उनीहरुको लोप भएको हुन सक्ने वैज्ञानिकहरूको विश्वास छ ।
जर्मनीको जोहानेस गुटेनबर्ग युनिभर्सिटीका प्राध्यापक थोमस टुटकेनले भने, ‘ दुबै जीवित हुँदा आधुनिक ठूलो सेतो सार्क र मेगालोडोन बीच समुद्रमा जलीय खाद्य स्रोतहरूमा प्रतिस्पर्धा थियो ।’
नेचर कम्युनिकेसन्समा प्रकाशित अनुसन्धानमा टिप्पणी गर्दै स्वान्सी युनिभर्सिटीकी क्याटालिना पिमिएन्टोले मेगालोडोनको थप रहस्य सुल्झाउन थप अध्ययन गर्नुपर्ने बताइन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |