एजेन्सी
बेइजिङ, १८ जेठ।
दुई महिनाको तालाबन्दीपछि चीनको सहर सांघाईमा कोभिड प्रतिबन्ध हटाइएको छ । देशको आर्थिक तथा विश्वव्यापी व्यापार केन्द्र सांघाइमा बुधबारदेखि प्रतिबन्ध हटाइएको हो । प्रतिबन्ध हटेसँगै साढे २ करोड जनसंख्या भएको सहरका वासिन्दा स्वतन्त्र रूपमा आवतजावत गर्न पाउने भएका छन् ।
प्रतिबन्ध खुकुलो पारिए पनि चीनको शून्य कोभिड नीति भने कायमै छ । कोभिड संक्रमणका केस घट्दै गएपछि सरकारले प्रतिबन्ध हटाएको हो । केही साताअघि सांघाई कोभिडको मुख्य हब बनेको थियो । दैनिक संक्रमितको संख्या बढेपछि सरकारले दुई महिनाअघि लकडाउन घोषणा गरेको थियो ।
कोभिडका कारण केही संक्रमितको मृत्यु हुन थालेपछि कोभिड नियन्त्रणबारे चिनियाँ सरकारको पहल र त्यहाँ विकसित खोपबारे पश्न उठ्न थालेको थियो । तर, सरकारले खोप नलगाएका बृद्धबद्धाको मृत्यु भएको दाबी गरेको थियो ।
लामो समयदेखि लागेको प्रतिबन्ध हटेसँगै सर्वसाधारण र व्यवसायीहरु खुसी भएका छन् । त्यस्तै, प्रतिबन्ध हटाएकोमा सांघाइ सरकारले पनि सन्तोष व्यक्त गरेको छ । ‘यो त्यो दिन हो जसलाई हामीले धेरै लामो समयदेखि सपना देखेका थियौं’, सांघाइ सरकारका प्रवक्ता यिन जिनले पत्रकारहरूलाई भने ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |