धादिङ १६ जेठ
नीलकण्ठ नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रामकुमार श्रेष्ठले आज पदभार ग्रहण गर्नुभएको छ ।
फ्याक्से वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि वडा अध्यक्ष रामकुमार श्रेष्ठ सहित निर्वाचित सदस्यहरुको पदभार कार्यक्रम सम्पन्न भएको हो।पदभार ग्रहण लगत्तै बसेको पहिलो बैठकले वडाको विकासको लागि ४ महत्वपुर्ण निर्णय गरेकोे छ । वडा नम्बर ५ लाई नमुना वडा बनाउने उदेश्यका साथ आगामी पाँच बर्ष काम गर्ने वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो।
आजको पहिलो बैठकले एक घर एक स्वरोजगार कार्यक्रम सन्चालन गर्ने निर्णय गरेको छ । एक घर एक स्वरोजगार कार्यक्रमलाई सफल पार्न विभिन्न संघसस्था तथा निकायहरुसँग सहकार्य गर्दै सहुलियतपुर्ण कर्जा तथा अनुदानको व्यवस्था गरी वडा भित्रै रोजगारीको व्यवस्थापन गर्ने निर्णय भएको श्रेष्ठले बताउनुभयो।
यसैगरी जेष्ठ नागरीकहरुको स्वास्थ्य परिक्षण,औषधी, वितरण तथा स्वास्थ्य विमा गर्न महिनाको एक पटक टोल टोलमा जाने निर्णय भएको छ ।स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन अति आवश्यक एम्बुलेन्स सेवा सुचारु गर्न वडाले आफ्नै एम्बुलेन्स खरिद गर्ने निर्णय भएको छ । सामुदायिक विद्यालयमा अति विपन्न तथा एकल महिला,पुरुष घर परिवारमा रहेका छात्र÷छात्राहरुलाई निशुल्क शिक्षा दिने निर्णय समेत भएको छ । अधुरा कामहरु पुरा गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको भन्दै श्रेष्ठले खानेपानी,सडक,बिजुली,कृषि,सिंचाई,स्वास्थ्य लगायतको क्षेत्रमा देखीने गरी काम गर्ने बताउनुभयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |