काठमाडौं, १५ जेठ ।
नेकपा (माओवादी केन्द्र)का ५ हजार ४५ जना जनप्रतिनिधि देशका विभिन्न पालिकामा निर्वाचित भएका छन् ।
निर्वाचन आयोगले गत वैशाख ३० गते गरेको स्थानीय तह निर्वाचनमा हालसम्म मतगणना सम्पन्न भएका पालिकाहरुमा उक्त संख्यामा माओवादीका उम्मेदवार विजयी बनेका हुन् ।
पालिकाको प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा उनीहरु निर्वाचित भएका हुन्।
आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो । ३५ हजार २२१ जनप्रतिनिधिको लागि निर्वाचन भएको थियो । निर्वाचनमा देशभर १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए ।
आयोगका अनुसार प्रमुखमा २५, अध्यक्षमा ९६, उपप्रमुखमा ३३, उपाध्यक्षमा ९५, वडाध्यक्षमा १ हजार ५३, महिला सदस्यमा ९६३, दलित महिला सदस्यमा ९७३ र सदस्यमा १ हजार ८०७ जना माओवादीका उम्मेदवार विजयी बनेका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |