काठमाडौं, १३ जेठ।
नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो आधिकारिक क्रिकेट लिग नेपाल टी-२० को टिम खरिदका लागि टेन्डर आव्हान गरेको छ ।
क्यानले यसअघि नै लिग खेल्ने ६ टिमको नाम टुंगाे लगाइसकेको छ । यसैको स्वामित्वका लागि क्यानले शुक्रबार एक विज्ञप्ति जारी गर्दै टिम खरिदका लागि टेन्डर आव्हान गरेको हो ।
८ असोजदेखि ५ कात्तिकसम्म हुने प्रतियोगिताको लागि क्यानले टिमको नाम विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी–भैरहवा र फार वेस्टर्न राखेको छ ।
प्रतियोगितासँगै क्यानले नेपालमा सञ्चालनमा आएका तीन फ्रेन्चाएज लिगको राष्ट्रिय मान्यता खारेज गरेको छ । यससँगै क्यानले यी लिगलाई प्रादेशिक संरचनामा गए मान्यता दिने बताएको छ । क्यानको यो निर्णयसँगै एभरेष्ट प्रिमियर लिग (इपीएल) तथा त्यससँग सम्बन्धित क्लबहरू भने सर्वाेच्च अदालतको ढोका ढकढकाउन पुगेका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |