काठमाडौं, १२ जेठ।
सेयर बजार नेप्से परिसूचक बिहीबार सामान्य अंकले वृद्धि भएको छ । बिहीबार नेप्से परिसूचक ८.०३ अंकले वृद्धि भई नेप्से २२ सय ३९ दशमलव ६ अंकमा पुगेर बन्द भएको छ ।
नेप्सेमा कारोबार रकम भने एक अर्बभन्दा मुनि खुम्चिएको छ । नेप्सेमा बिहीबार २३ लाख २४ हजार ६ सय ६४ कित्ता सेयर किनबेच भई ८८ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्सेमा बुधबार कारोबार एक अर्ब चार करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार र नेप्से परिसूचकमा १४.३२ अंकले सुधार आएको थियो ।
नेप्से परिसूचक वृद्धि भए पनि कारोबार रकममा भने निरन्तर खुम्चिँदै गएको छ। बिहीबार नेप्सेको सेन्सेटिभ इन्डेक्स १.३९ अंकले बढेर चार सय ३६.४७ अंकमा पुगेको छ । नेप्सेमा दुई सय २२ कम्पनीको सेयर खरिदबिक्री भएकोमा एक सय ५० कम्पनीका लगानीकर्ताले नाफा कमाए । यस्तै ८६ कम्पनीका लगानीकर्ता आज गुमाएका छन् । १५ कम्पनीको सेयर अघिल्लो दिनकै मूल्यमा कारोबार भएको छ ।
नेप्सेमा बिहीबार एक मात्र मेगा बैंकको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । मेघा बैंकको सेयर मूल्यमा २२ रुपैयाँ ५० पैसा बढेर दुई सय ४७ रुपैयाँ ५० पैसा पुगेर बन्द भयाे ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |