काठमाडौं, १२ जेठ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली यु-२० फुटबल टिमको मुख्य प्रशिक्षकमा मेघराज केसीलाई नियुक्त गरेको छ । एन्फाको टेक्निकल कमिटिको सिफारिसमा केसीलाई चयन गरिएको एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।
केसीले गत सिजन सहिद स्मारक ‘ए’ डिभिजन लिगमा नवप्रवेशी सातदोबाटो युथ क्लब हेरेका थिए । केसीकै नेतृत्वमा सातदोबाटो चौथो भएको थियो । त्यसअघि थ्री स्टार क्लब, एफसी चितवनलगायत टिमका प्रशिक्षक रहेका केसी नेपाली फुटबलमा चर्चित प्रशिक्षक हुन् ।
उनले नेपालको यु-१९ फुटबल टिमसमेत हेरेका छन् । यस्तै राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकको रुपमा काम गरेका छन् ।
नेपाली युवा टिम उज्बेकिस्तानमा सेप्टेम्बरमा हुने छनोटका लागि समूह ‘बी’मा परेको छ । सेप्टेम्बर १० देखि १८ सम्म चल्ने छनोटमा नेपालको समूहमा कतार, बहराइन, बंगलादेश र भुटान छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |