धादिङ,११ जेठ ।
नीलकण्ठ नगरपालिका वडा न ७ का वडा अध्यक्ष गौतमहरि अधिकारीले पदभार ग्रहण गरेका छन् ।
आज वडा न ७ को कार्यालय हिटिमा एक कार्यक्रमको आयोजना गरि वडा अध्यक्ष गौतमहरि अधिकारी सहित निर्वाचित सदस्यहरुको पदभार कार्यक्रम सम्पन्न भएको हो ।
पदभार ग्रहण पश्चात वडा अध्यक्ष गौतमहरि अधिकारीले नीलकण्ठ ७ लाई नमुना वडा बनाउने बताउनु भएको छ । उनले नीलकण्ठ ७ मा पुरा गर्नुपर्ने अधुरो काममा पहिलो प्राथमिकता रहने समेत बताउनु भएको छ ।
उनले आफ्नो पांच बर्षे कार्यकालमा वडा कार्यलय सम्मको सडकलाई पिच गर्ने, कृषि क्षेत्रलाई आधुनिकिकरण गरेर आएमुलक बनाउने र स्थानिय उत्पादनको आधारमा अनुदानको ब्यवस्था,स्वास्थ्य चौकी बाट निशुल्क औषधि बितरण तथा २४ घण्टा सेवा सुचारु गर्ने, वडा भित्रमा प्राबिधिक शिक्षामा जोड दिदै वडा भित्रबाट प्राबिधिक शिक्षामा अध्ययनरत बिद्यार्थीहरुको लागी छात्राबृद्धिको ब्यवस्था गर्ने र वडा भित्र एक घर एक धारा मार्फत खानेपानीमा सवैको पहुंच पु¥याईने बताएका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |