एजेन्सी
किभ, ११ जेठ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको महिनौं लामो आक्रमणबिरूद्ध युक्रेनलाई समर्थन गर्ने विषयमा पश्चिमाहरू विभाजित भएको बताएका छन् । ‘एकता हतियारका बारेमा हो । के यो एकता व्यवहारमा छरु म यो देख्न सक्दिन । हामी वास्तवमै एकताबद्ध हुँदा रुसमाथि हाम्रो ठूलो फाइदा हुनेछ’, जेलेन्स्कीले विश्व आर्थिक सम्मेलनमा भने ।
वासिंगटन र युरोपेली देशहरूले युक्रेनमा अर्बौं डलरको हतियार उपलब्ध गराएका छन्, ताकि युक्रेनी सेनाले रुसी फौजलाई परास्त गर्न सकियोस् ।
युक्रेनले अमेरिकी नेतृत्वको नेटो सैन्य गठबन्धनमा थप समर्थन, सदस्यता र देशमा नो–फ्लाई जोन लागू गर्न आह्वान गरेको छ । किभले ठूलो सहयोग, अमेरिकी नेतृत्वमा रहेको नेटो गठबन्धनको सदस्यता र युक्रेनमा नो–फ्लाई जोन लागू गर्न आह्वान गरेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनको समर्थनको लागि कृतज्ञ रहेको बताए । ‘हामी युरोपेली महादेशमा छौँ र हामीलाई एक संयुक्त युरोपको समर्थन चाहिन्छ’, उनले थपे ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |