जेष्ठ १०, खनियाबास । खनियाबास गाउपालिकाका अध्यक्ष रणबहादुर तामाङले आफ्नो पदबहाली संगै पहिलो निर्णय सार्वजनिक गरेका छन् । आज गाउपालिकामा एक कार्यक्रमको आयोजना गरि खनियाबास गाउपालिकामा नव निर्वाचित अध्यक्ष रण बहादुर तामाङको पद बहाली गरिएको हो ।
पदबहाली संगै अध्यक्ष तामाङले खनियाबास गाउपालिका स्थायी ठेगना भई पालिका भित्र वा वाहिर बसोबास गर्ने अति अशक्त,अपाङ्गता एवं फरक क्षमता भएका ब्यक्तीहरुलाई निशुल्क स्वास्थ्य बिमा गाउपालिका बाट गरिदिने निर्णय गरेका छन् ।
अध्यक्ष तामाङले आज नै गाउपालिकामा निर्वाचित उपाध्यक्ष, वडा अध्यक्ष तथा जनप्रतिनिधिहरुलाई सपथ खुवाएका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |