एजेन्सी
किभ, ९ जेठ ।
युक्रेन युद्धले विश्वभर जबरजस्ती विस्थापित व्यक्तिहरूको संख्या पहिलो पटक १० करोडभन्दा माथि पुगेको राष्ट्रसंघीय उच्च आयुक्तको कार्यलयले जनाएको छ ।
द्वन्द्वका कारण युक्रेनमा ८० लाखभन्दा बढी मानिस आन्तरिक रुपमा विस्थापित भएका छन् भने ६० लाख मानिसले देश छाडेका सो निकायले जनाएको छ ।
रुसी फौजले पूर्वीयुक्रेनको दोनबास क्षेत्रमा निरन्तर हमला गरेको छ । रुसी सेनाले सेभेरोदोनेत्स्कमा हमला गरेको छ । उनीहरूले सहरतर्फ नयाँ घेराबन्दी गर्ने योजना बनाएका छन् । युक्रेनी सरकारले किभले मस्कोसँग युद्धविराम सम्झौतामा सहमत नहुने जनाएको छ ।
कुनै क्षेत्र दिएर मस्कोसँगको युद्धविराम सम्झौतामा सहमत नहुने किभले जनाएको छ । मस्कोले लामो अवधिमा अझ ठूलो र अधिक रक्तपातपूर्ण आक्रमण सुरु गर्न सक्ने राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोदोल्याकले बताए । यसैबीच, पोल्यान्डका राष्ट्रपति एन्ड्रेज डुडाले युक्रेनको संसदलाई सम्बोधन गरेका छन् । युक्रेनमाथि रुसी हमला भएपछि युक्रेनको संसद सम्बोधन गर्ने उनी पहिलो विदेशी नेता हुन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |