काठमाडौं, ९ जेठ
अन्तिम खेलमा एस्टन भिल्लाविरुद्ध ३–२ को नाटकीय जित निकाल्दै म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको उपाधि जितेको छ ।
पहिलो हाफमा १–० ले पछि परेको सिटीले खेलमा पुनरागमन गर्दै लगातार दोस्रो पटक उपाधि जितेको हो ।
दोस्रो स्थानको लिभरपुललाई दुई अंकले पछि पार्दै पेप ग्वार्डिओलाको सिटीले उपाधिको रक्षा गरेकाे हाे ।
सिटीलाई जित दिलाउन एल्काई गुन्डोगनले दुई तथा रोड्रीले एक गोल गरे । म्याटि क्यासले ३७औं मिनेटमा गरेको गोलसँगै भिल्लाले पहिलो हाफमा १–० को अग्रता लिएको थियो ।
लिभरपुलका पूर्व खेलाडीसमेत रहेका फिलिप काउटिन्होले ६९औं मिनेटमा गरेको गोलसँगै दोब्बर पारेको अग्रता जोगाउन भिल्ला असफल भयो ।
गुन्डोगनले ७६औं मिनेटमा गरेको गोलसँगै स्कोरलाइन २–१ मा ल्याएको सिटीका लागि दुई मिनेट नबित्दै रोड्रीले बराबरी गोल फर्काएका थिए।
निर्धारित ९० मिनेटको खेल सकिन ९ मिनेट बाँकी रहँदा सिटीका लागि गुन्डोगनले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको जित सुनिश्चित गरे ।
सिटीले जित निकाल्न नसकेको भए दोस्रो स्थानको लिभरपुलले उपाधि जित्ने निश्चित थियो । तर, अन्तिम खेलमा नाटकीय जित निकाल्दै सिटी लगातार च्याम्पियन बन्यो ।
विजेता सिटीले ९३ अंक जोड्दा लिभरपुलले ९२ अंक जोडेको छ । यस्तै ७४ अंक जोडेको चेल्सी तेस्रो स्थानमाइ रहँदा ७१ अंक जोडेको टोटेनह्याम हट्सपरले पनि चौथो स्थानमा रहेर अर्को सिजन च्याम्पियन्स लिगमा स्थान बनायो ।
६९ अंक जोडेर आर्सनल पाँचौं स्थानमा रहँदा म्यानचेस्टर युनाइटेड ५८ अंकसहित छैठौं भयो ।
यसअघि नै निश्चित भइसकेका वाटफोर्ड र नर्विच सिटीसँगै बर्नली पनि रेलिगेसनमा परेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |