एजेन्सी
न्युयोर्क, ८ जेठ।
युक्रेन युद्ध कूटनीतिक माध्यममार्फत मात्र समाधान गर्न सकिने युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । राष्ट्रिय टेलिभिजनमा बोल्दै उनले युद्ध मैदानमा आफ्नो देश विजयी हुने दाबी गरे ।
युक्रेनमाथि रुसले २४ फेब्रुवरीदेखि हमला गरिरहेको छ । पछिल्लो समयमा रुसी सेनाले पूर्वी युक्रेनलाई केन्द्र बनाएर हमला गरेको छ ।
उनले अगाडि भने, ‘युद्ध वार्ताको टेबलबाट मात्र रोक्न सकिन्छ । ’ यसैबीच, सेभेरोदोनेत्स्क र वरपर भीषण लडाइँ भइरहेको छ । रुसी सेनाले लुहान्स्क क्षेत्रलाई कब्जा गर्न प्रयास गरिरहेकाे छ ।
दक्षिणी बन्दरगाह सहर मारिओपोलमा भएको लडाइँको अन्त्यपछि रुसी सेना अन्य क्षेत्रमा केन्द्रित छ । रुसीहरूले सेभेरोदोनेत्स्कलाई विस्तारै घेरेपछि त्यहाँ ध्वस्त पारिरहेका स्थानीय गभर्नर सेर्ही हाइडाईले बताए ।
उनले भने कि युक्रेनी सेनाले फ्रन्टलाइनमा ११ वटा आक्रमणलाई बिफल पारिदिएको उनले बताए । तर, सो दाबीको स्वतन्त्र पुष्टि हुन सकेको छैन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |