राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीबीचको विवादको अनुसन्धानका लागि गठित छानबिन समितिले अस्पष्ट, अन्योलपूर्ण र सतही प्रतिवेदन बुझाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठकले पूर्व खेलाडी भिक्टोर राणाको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
राणाको नेतृत्वमा गठित समितिमा पूर्व खेलाडी विदुर विष्ट र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए)का उपाध्यक्ष दीपक थापा पनि थिए ।
तीन सदस्यीय समितिले एन्फा सचिवालयमा जेठ ४ गते पेस गरेको प्रतिवेदनमा दुवै पक्षको दोष देखाइएको छ भने स्पष्टरूपमा गल्तीबारे यकिन गरिएको छैन ।
खेलाडी र प्रशिक्षक, व्यवस्थापन सबै पक्षको दोष देखाइएको सन्तुलित प्रतिवेदनले सबै पक्षलाई सचेत गराउने मात्र भनिएको छ ।
यस्तै प्रशिक्षकको विकल्प र एएफसी कप छनोट पछि व्यवस्थापकलाई हटाउन सिफारिस गरेको छ ।
प्रशिक्षक अब्दुल्लाहले आज नै विद्रोह गरेका १० खेलाडी सहित कप्तान क्रण कुमार लिम्बूलाई बाहिर राख्दै टिम घोषणा गरेका छन् । जसमा चार खेलाडीले मौका पाएका छन् ।
पूर्णपाठ
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |