काठमाडौं, ६ जेठ ।
एएफसी यू-१७ एसिया कप २०२३ छनोटमा नेपाल पोट ३ मा परेको छ । एएफसीले शुक्रबार छनोटको ‘ड्र’ का लागि सार्वजनिक गरेको पोटमा नेपाल पोट ३ मा छ ।
पोट ३ मा नेपालसँगै किर्गिस्तान, उज्वेकिस्तान, सिरिया, प्यालेस्टाइन, चाइनिज ताइपेइ, म्यानमार, कतार, टिमोर लिस्टे र सिंगापुर छन् ।
बहराइनमा हुने प्रतियोगिताका लागि ‘ड्र’ मे २६ मा मलेसियाको राजधानी क्वालालम्पुरमा एएफसीले जनाएको छ । छनोटमा एसियाका ४४ राष्ट्र सहभागी छन् । एएफसीले शुक्रबारै यू-२० छनोटको ‘ड्र’ पनि सार्वजनिक गरेको छ ।
एएफसीले यसअघि हुँदै आएको यू-१६ र यु १९ को स्थानमा यू-१७ र यू-२० एसिया कप आयोजना गर्न लागेको हो । छनोट अस्ट्रेलिया, बंगलादेश, इन्डोनेसिया, जोर्डन, किर्गिस्तान, ओमान, साउदी अरेबिया, ताजिकिस्तान, उज्वेकिस्तान र भियतनाम गरी १० देशमा आयोजना हुनेछ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |