काठमाडौं, ४ जेठ।
खेलाडी प्रशिक्षकबीचको विवादपछि गठन भएको तीन सदस्यीय समितिले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई प्रतिवेदन बुझाएको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा भिक्टोर राणाको संयोजकत्वमा रहेको समितिले एन्फा महासविच इन्द्रमान तुलाधरलाई २८ पृष्ट लामो प्रतिवेदन बुझाएको हो ।
यस अघि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यवहारका कारण १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए । यसपछि घटना सतहमा आएको थियो । खेलाडीको समस्या लिएर प्रशिक्षक समक्ष पुगेका रोहित चन्दलाई होटल निस्कन दबाब दिएपछि अन्य खेलाडीले समेत होटेल छाडेका थिए ।
यसपछि खेलाडी र प्रशिक्षक दुवैले एन्फालाई एकअर्कालाई आरोप लगाउँदै पत्र बुझाएका थिए । यसपछि एन्फाको कार्यसमिति बैठकले तीन सदस्यीय छानबिनन समिति गठन गरेको हो । समितिले एन्फालाई सात दिनभित्र प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेको छ ।
छानबिन समितिमा पूर्व जर्नेल राणाको संयोजकत्वमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा र पूर्व फुटबलर विदुर विष्ट सदस्य थिए।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |