जेष्ठ ४, गोरखा । स्थानिय निर्वाचन २०७९ को मतपरिणाम देशैभरि बाट आउने क्रम जारि छ । गोरखामा सबैको चासोको बिषय बनेको गोरखाको आरुघाट गाउँपालिका वडा नं १० मा नेकपा एमालेको तर्फबाट वडा अध्यक्षमा सन्जित श्रेष्ठ पुरै प्यानलै भारि मतका साथ बिजयि भएका छन ।
राष्ट्रिय युवासंघ नेपालका केन्द्रीय सचिवालय सदस्य तथा नेकपा एमालेको गोरखा जिल्ला कमिटि सदस्य समेत रहेका सन्जित वडा अध्यक्षमा उठ्दा चर्चामा आएका थिय । उनले विपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रका उम्मेद्वार लाई भारि मतान्तरले पराजित गरेका छन् । निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेद्वार गोबिन्द कुमार श्रेष्ठले १६८, माओवादि केन्द्रका उम्मेद्वार एक बहादुर बरामुले २५ मत ल्याउंदा एमालेले ७०५ मत प्राप्त गरेको थियो ।
सालिन,भद्र,युवा नेतृत्व केन्द्रसंग राम्रो समन्वय गर्नसक्ने व्यक्ति जनप्रतिनिधि पाउँदा स्थानियहरु समेत खुसि छन । स्थानिय वासिहरुको आवस्यकता नै आफ्नो प्राथमिकता ठान्ने श्रेष्ठ लामो समय देखि नेकपा एमालेको केन्द्रीय राजनितिमा भिजेका व्यक्ति हुन । आफु निर्वाचित भयपछि निष्पक्ष ढंगले सबै राजनैतिक दलप्रति आस्था राख्नेहरु लाई समेत समेटेर समान दृष्टिकोणले हेर्दै आगामि कार्यकालमा आरुघाट -१० लाई एक नमुना, समृद्ध वडा बनाउने अठोटका साथ लागिपर्ने प्रतिबद्धता जनाएका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |