धादिङ,जेष्ठ १ ।
धादिङको धुनिबेशी नगरपालिका वडा नं ३ मा काङग्रेसका उम्मेदवार प्रकाश हमाल प्यानलसहित विजयी हुनुभएको छ।
हमालले उँहाको निकटतम प्रतिद्धन्दी बद्री प्रसाद कडेललाई ४६४ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो । काङग्रेसका उम्मेदवार प्रकाशले ९ सय ३५ मत प्राप्त गर्नुभएको छ भने कडेलले ४ सय ७१ मत प्राप्त गर्नुभएको छ । त्यस्तै गरी स्वतन्त्र उम्मेदवार कुमार बहादुर तामाङले ३ सय ६५ मत ल्याउनुभएको छ ।
वडा नम्बर ३ मा गठबन्धनतर्फ मेयरका उम्मेदवारलाई ९ सय ७५ र उपप्रमुखमा ८ सय ८७ मत प्राप्त भएको छ । यसैगरी मेयरमा एमालेका उम्मेदवारलाई ४ सय ७३ मत प्राप्त भएको छ भने उपमेयरमा ४ सय ९१ मत प्राप्त भएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |