जेष्ठ १,धादिङ । स्थानिय तहको हिजो भएको निर्वाचनमा अन्य जिल्लामा जस्तै धादिङ जिल्लाको स्थानिय तहहरुको मत गणना सुरु भएको छ ।
जिल्लामा हाल सम्म गल्छि,बेनिघाट रोराङ, र रुविभ्यालीको अपडेट सार्वजनिक भएको छ ।
गल्छी गाउपालिकाको यस्तो हाल सम्मको मत गणनाको अवस्था
गल्छी गाउपालिकाको प्रमुख पदमा हाल सम्मको मतगणनामा नेकपा एमालेका केदारनाथ खतिवडा अग्रस्थानमा रहेका छन् । उनले ८७६ मत पाएका छन् भने गठबन्धनका तर्फ बाट नेकपा एकिकृत समाजबादीका कृष्णहरि श्रेष्ठले ५२३ मत पाएका छन् ।
त्यसै गरि उप प्रमुखमा गठबन्धन नेपाली काग्रेसका भाईकाजि तिवारी अग्रस्थानमा रहेका छन् । उनले ७२७ मत हासिल गरेका छन् । त्यस्तै नेकपा एमालेका उप प्रमुख पदका उम्मेदवार राधा लामिछानेले ६६६ मत हासिल गरेकी छिन ।
वडा अध्यक्षमा पनि एमालेका उम्मेदवारले ७४२ मत ल्याएर अग्रस्थानमा रहेका छन । गठबन्धनका उम्मेदवारले ६६३ मत ल्याएका छन् ।बेनिघाट रोराङ गाउपालिकामा यस्तो हाल सम्मको मत गणनाको अवस्था बेनिघाट रोराङ गाउपालिकाको अध्यक्षमा नेपाली काग्रेसका देवि सिलवालले अग्रस्थानमा रहेका छन् उनले १९३ मत ल्याएका छन् । नेकपा एमाललेका उम्मेदवार देवि प्रसाद त्रिपाठीले १२९ र माओवादी केन्द्रका कृष्ण बहादुर थपलियाले १४७ मत ल्याएका छन् ।
त्यस्तै उपप्रमुखमा नेपाली काग्रेसका शुशिला मगरले १५५,नेकपा एमालेका हिरादेवी रेग्मीले ११४ र एकिकृत समाजबादिका टाप बहादुर श्रेष्ठले २६ मत ल्याएका छन् । रुविभ्याली गाउपालिकामा यस्तो हाल सम्मको मत गणनाको अवस्था रुविभ्याली गाउपालिकाको अध्यक्षमा गठबन्धनका उम्मेदवार र राप्रपाको उम्मेदवारको बराबरी मत आएको छ । एक सय मत गन्दा दुवैको ४२ मत आएको हो । उपाध्यक्षमा गठबन्धनका फे लामा तामाङको ४५ र राप्रपाका उम्मेदवारको ३२ मत आएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |