काठमाडौं, ३१ वैशाख ।
भारतले गहुँ निर्यातमा अस्थायी रोक लगाएको छ । भारतको यो निर्णयसँगै अब नेपालमा भारतबाट गहुँ आउने छैन ।
रुस–युक्रेन युद्धका कारण भारतमा गहुँ लगायतका खाद्य वस्तुको मूल्यवृद्धि भएपछि भारतको वैदेशिक व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै गहुँ निर्यातमा अस्थायी रोक लगाएको जनाएको हो ।
भारतको यो निर्णयले नेपाल लगायत थुप्रै देशलाई असर गर्ने जनाइएको छ । भारत विश्वको दोस्रो ठूलो गहुँ उत्पादक राष्ट्र हो ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा भारतबाट नेपालमा ५ अर्ब ९७ करोड २२ लाख २५ हजार रुपैयाँको गहुँ भित्रिएको थियो ।
उक्त मूल्यमा भारतबाट नेपालमा १८ करोड ९ लाख २० हजार ५६४ केजी गहुँ आएको थियो ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले कूल ११ अर्ब ९७ करोड ६८ लाख ७६ हजार रुपैयाँको गहुँ भारतबाट आयात गरेको थियो । सो मूल्यमा ३८ करोड ८२ लाख ७८ हजार ८७७ केजी गहुँ नेपाल भित्रिएको थियो ।
नेपालमा भित्रने सबै गहुँ भारतबाट मात्रै आउने गरेको थियो । भारतले रोक लगाएपछि अब नेपालमा पनि गहुँको अभाव हुने देखिएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |