एजेन्सी
किभ, २८ वैशाख।
रुसी सेनालाई खार्किभको उत्तरमा धकेलेको र प्रमुख शहर वरपरका केही गाउँहरू पुनः कब्जा गरेको युक्रेनी सेनाले जनाएको छ । रुसले पूर्वी युक्रेनको दोनबास अभियानमा सफल भए पनि मस्कोले लामो युद्धको तयारी गरिरहेको अमेरिकी सुरक्षा अधिकारीहरूले चेतावनी दिएका छन्।
यसैबीच, रूसी क्षेप्यास्त्रहरूले युक्रेनको अर्को सहर ओडेसामा हमला गरेको छ र सेनाहरूले मारिओपोलको अजोभस्टल स्टिल प्लान्टमा आक्रमण जारी राखेका छन् ।
अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले युक्रेनका लागि थप ४० अर्ब डलर सहायता स्वीकृत गरेको छ । सहयोगलाई माथिल्लो सदन सिनेटले पनि अनुमोदन गर्ने सम्भावना छ । सेनाहरूले मारिओपोलको अजोभस्टल स्टिल प्लान्टमा आक्रमण जारी राखेका छन् ।
यसैबीच, युक्रेनको इज्युम सहरमा भत्किएको भवनको भग्नावशेषमा ४४ जना सर्वसाधारणको शव फेला परेको छ । युक्रेनमा युद्धका क्रममा पहिले अनुमान गरिएको भन्दा हजारौं बढी सर्वसाधारणको मृत्यु भएको राष्ट्रसंघीय मानवअधिकार अनुगमन मिसनले जनाएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |