धादिङ,२७ वैशाख ।
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको दिन सवारी साधन चलाउन नपाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले आज एक सूचना जारी गर्दै मतदानको दिन अनुमती प्राप्त सवारी साधन, कुटनीतिक निकायका सवारी साधन र अत्यावश्यक सेवाका लागि परिचालन हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सवारी साधनहरु संचालनमा पुर्ण रुपमा रोक लगाइएको जानकारी गराएको छ । सूचनाविपरीतका गतिविधि गरेको पाइएमा कारबाही गर्नेसमेत प्रशासनले चेतावनी दिएको छ ।
साथै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेक सबै सेवा हाललाई स्थगित गरेको छ । मतदान कार्यमा धादिङ प्रशासन कार्यालयमा कार्यरत कर्मचारीहरु निर्वाचन सम्बन्धी कार्यमा खटिनुपर्ने भएकोले प्रशासानबाट प्रवाह हुने अत्यावश्यक सेवाहरु २७ गतेदेखि २९ गतेसम्मका लागि स्थगन गरिएको सुचनामा भनिएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |